Like us!
Follow us!
Connect us!
Watch us!

गर्ने हो सुरक्षित लगानी ? "सेञ्चुरी डिबेन्चर २०८८" निष्काशन तथा बिक्री खुल्ला

अर्थ संसार

बुधबार, २१ बैशाख २०७९, ०६ : ५८ मा प्रकाशित

गर्ने हो सुरक्षित लगानी ? "सेञ्चुरी डिबेन्चर २०८८" निष्काशन तथा बिक्री खुल्ला

सेञ्चुरी कमर्शियल बैंक लिमिटेडले ऋणपत्र निष्काशन खुल्ला भएको छ ।बैंकले (आज )वैशाख २१ गतेदेखि ‘१० प्रतिशत सेञ्चुरी डिबेन्चर २०८८’ निष्काशन तथा बिक्री खुला गर्न गरेको हो । सो ऋणपत्रको अवधि १० वर्ष रहनेछ। ऋणपत्रको व्याज १० प्रतिशत रहने छ। 

कले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब २० करोड रुपैयाँ बराबरको २२ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। सोमध्ये ८८ करोड रुपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी १ अर्ब ३२ करोड रुपैयाँ बराबरको १३ लाख २० हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ। सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये १० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

को हो बिक्री प्रबन्धक ?

बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको कामग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

कति दिने आवेदन ?

लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख ७० हजार कित्ता कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कहिलेसम्म दिने आवेदन ?

उक्त ऋणपत्रमा छिटोमा वैशाख २५ गते हुनेछ भने ढिलोमा जेठ ४ सम्म आवेदन दिन सकिनेछ ।

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताहरूले  नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू तथा मेरो सेयर मार्फत अनलाईनबाट समेत आवेदन दिन सक्नेछन् ।

6271d3c7c6f43.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको