Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट इन्स्योरेन्सको साधारण सभा आज, लाभांश र मर्जरसहित पूँजी वृद्धिको प्रस्ताव पारित हुँदै

अर्थ संसार

बुधबार, २१ बैशाख २०७९, ११ : ३२ मा प्रकाशित

एभरेष्ट इन्स्योरेन्सको साधारण सभा आज, लाभांश र मर्जरसहित पूँजी वृद्धिको प्रस्ताव पारित हुँदै

एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडकाे वार्षिक साधारण सभा आज (वैशाख २१ गते, बुधबार) हुँदैछ । कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको वार्षिक साधारण सभा अग्रवाल भवन, कमलपोखरी काठमाडौँँमा दिउँसो २ बजे सुरु हुनेछ ।

सभाले सञ्चालक समितिको गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको ०.३१५८ प्रतिशत नगद लाभांश गरि कुल ६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

यसैगरी, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ । साथै सभाले कम्पनीको चुक्ता पूँजी वृद्धि गरी ३ अर्ब पुर्याउने प्रस्ताव समेत पारित गर्नेछ । 

लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ कम्पनीले वैशाख १२ गते बुक क्लोज गरेकाे थियाे । त्यसैले वैशाख ११ गतेसम्म कायम सेयरधनीले मात्रै लाभांश र साधारणसभामा सहभागि हुन पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको