Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी लाईफकाे विशेष साधारण सभा सम्पन्न : मर्जर कमिटी गठन, पूँजी वृद्धिकाे प्रस्ताव पारित

अर्थ संसार

आइतबार, २५ बैशाख २०७९, १५ : ३७ मा प्रकाशित

महालक्ष्मी लाईफकाे विशेष साधारण सभा सम्पन्न : मर्जर कमिटी गठन, पूँजी वृद्धिकाे प्रस्ताव पारित

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आज आफ्नो विशेष साधारण सभा सम्पन्न गरेको छ । कमलपोखरी काठमाण्डौस्थित होटल हुकुम दरबारमा सम्पन्न सभाको अध्यक्षता कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले गरेका थिए । 

सभाले सर्वसम्मतिबाट कम्पनीको अधिकृत पूँजी र जारी पूँजी क्रमशः ५०० करोड र ३०० करोड हुने गरी पूँजी वृद्धि गर्ने, सर्वसाधारणलाई ९० करोड बराबरको सेयर निष्कासन गर्ने तथा मर्जर, एक्विजेसन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने गरी निर्णय गरेको छ । बीमा समितिले चैत्र १० गतेको निर्देशनबाट कम्पनीको चुक्ता पूँजी ५०० करोड गर्ने निर्देशन दिइसकेपछि संचालक समितिको निर्णय अनुसार पूँजी बृद्धि योजना पेश गरेको थियो । सोही योजना बमोजिम बीमा समितिबाट पूँजी वृद्धि गर्ने सहमती लिएर विशेष साधारण सभा आव्हान गरेको थियो । 

पूँजी वृद्धि योजना बमोजिम मर्जर र एक्विजेशन पछि चुक्ता पूँजी ५०० करोड पुर्‍याउने उद्देश्यले विशेष साधारण सभा सम्पन्न भए पश्चात बसेको सञ्चालक समितिको ५८ ‌औँ बैठकले सञ्चालक सुरेश सापकोटाको संयोजकत्वमा सञ्चालक उमेशलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई सम्मिलित तिन सदस्यिय मर्जर कमिटी गठन गरेको कम्पनीले जनाएकाे छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको