Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी लाइफ इन्स्योरेन्सको ३२ लाख बढी कित्ता सेयर लिलामीमा, मूल्य कति ?

अर्थ संसार

आइतबार, १९ असार २०७९, १३ : १८ मा प्रकाशित

महालक्ष्मी लाइफ इन्स्योरेन्सको ३२ लाख बढी कित्ता सेयर लिलामीमा, मूल्य कति ?

महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज (असार १९ गते, आइतबार) बाट संस्थापक समूहको सेयर लिलामी बढाबढ गरी बिक्री खुल्ला गरेको छ । कम्पनीले ३२ लाख ९० हजार कित्ता संस्थापक सेयर लिलामी बढाबढ गरी बिक्री खुल्ला गरेको हो ।

उक्त सेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले असार २४ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । 

उक्त सेयरको न्यूनतम मूल्य एक सय रुपैयाँ तोकिएको छ । त्यसैले, लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्यूनतम १० हजार कित्तादेखि अधिकतम ३१ लाख ५० हजार कित्तासम्म आवेदन पेश गर्न गर्न सक्नेछन्  । 

लगानीकर्ताले कम्पनीकाे केन्द्रिय कार्यालय, कमलादी, काठमाडौँमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको