Like us!
Follow us!
Connect us!
Watch us!

“महिला सशक्तिकरणमा- महालक्ष्मी लाईफ” २१ जिल्लामा सम्पन्न, ७ सय महिला स्वरोजगार

अर्थ संसार

बुधबार, ११ माघ २०७९, १२ : २७ मा प्रकाशित

“महिला सशक्तिकरणमा- महालक्ष्मी लाईफ” २१ जिल्लामा सम्पन्न, ७ सय महिला स्वरोजगार

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले सञ्चालन गरेको ”महिला सशक्तिकरणमा-महालक्ष्मी लाईफ” पहिलो चरणको एक महिने कार्यक्रम सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले पौष ४ गते सौराहामा कार्यक्रमको समुद्घाटन गरी कार्यक्रमको प्रारम्भ गरेका थिए । 

पौष ११ गते हिमाली जील्ला रुकुम पश्चिमबाट महिलाहरुको रोजगारी र समृद्धिको नारा सहित तालिम कार्यक्रम सञ्चालन गरिएको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले रुकुम पश्चिमबाट सञ्चालन गरेको पहिलो चरणको तालिम कार्यक्रम माघ १० गते लमजुङ र गोरखामा तालिम कार्यक्रम सञ्चालन भएपछि सम्पन्न भएको छ । एक महिने “महिला सशक्तिकरणमा-महालक्ष्मी लाईफ” कार्यक्रम अहिलेसम्म २१ जिल्लामा सञ्चालन गरिएको छ। १७५० भन्दा बढीलाई सहभागी गराइएको यो तालिम कार्यक्रम रुकुम पश्चिम, म्याग्दी, दाङ, कंचनपुर, बारा, काठमाण्डौ, भक्तपुर, पर्सा, पर्वत, मकवानपुर, रौतहट,धनुषा, सुनसरी, झापा, चितवन, नवलपुर, रुपन्देही, पाल्पा, तनहुँ, लमजुङ र गोरखामा सम्पन्न भै सकेको छ ।

महिलाहरुको उत्साहप्रद र सक्रिय सहभागिता रहेको यो कार्यक्रम गएको हप्ता नारायणघाट, कावासोती, बुटबल र पाल्पामा कार्यक्रम सम्पन्न भयो । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठ, तालिम विभाग प्रमुख सिताराम धिमाल र बजार प्रबन्धक यमलाल न्यौपानेले तालिम प्रदान गरेका थिए । त्यसैगरी दमौली, लमजुङ र गोरखामा सञ्चालित कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थी र प्रमुख बजार अधिकृत प्रशान्तराज धमलाले प्रशिक्षण दिएका थिए । 

समाजमा पिछडिएका र अवसर नपाएका महिलालाई तालिम दिने, स्वरोजगार हुन प्रोत्साहन गर्ने र आय बृद्धि हुने काममा लगाउने उद्देश्यले उक्त सबै एक महिने कार्यक्रम सञ्चालन गरिएको थियो । पहिलो चरणको निर्धारीत तालिम कार्यक्रम सम्पन्न भैसकेको छ । ७०० भन्दा बढी महिला स्वरोजगारमा आबद्ध भैसेका छन । फाल्गुन र चैत्र भित्र दोस्रो चरणको कार्यक्रम सञ्चालन गरिनेछ । दोस्रो चरणमा १००० महिलाहरुलाई थप स्वरोजगार बनाउने र नियमित आय आर्जनको लागि अभिप्रेरित गर्ने उद्देश्य रहेको छ । स्वरोजगारी र आय आर्जन कार्यक्रमलाई अझै प्रभावकारी बनाउन चैत्र भित्र देशै भरी महिलाहरु संग अन्तक्रिया तथा उत्प्रेरणा प्रदान गर्ने गरी थप कार्यक्रम सञ्चालन गरिने जानकारी गराउन चाहन्छौँ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको