Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी लाईफकाे "साइन्स अफ सेल्स" सम्बन्धी प्रशिक्षण सम्पन्न

अर्थ संसार

सोमबार, ०६ असार २०७९, १४ : २३ मा प्रकाशित

महालक्ष्मी लाईफकाे "साइन्स अफ सेल्स" सम्बन्धी प्रशिक्षण सम्पन्न

महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आषाढ ४ गते काठमाण्डौँमा "साइन्स अफ सेल्स" सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

बागमती प्रदेश अन्तर्गतका शाखा /उपशाखाको अभिकर्ताहरुलाई बिक्री कला सम्बन्धी प्रशिक्षण दिने उद्देश्यले मित्रपार्कस्थित गोल्डेन लाईट पार्टी प्यालेसमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमका अध्यक्ष तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । ३०० भन्दा बढी अभिकर्ता र एजेन्सी म्यानेजर, शाखा/उपशाखा प्रमुख र प्रधान कार्यालयका उच्च पदस्थ अधिकृतहरुको प्रशिक्षण कार्यक्रममा सहभागिता रहेको थियो । 

कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले सहभागीहरुको स्वागत गर्दै कार्यक्रमको महत्व माथि प्रकाश पारे । लाईफ चेन्जर मोटिभेसनल प्रशिक्षक राजावाबु साहले जीवन बीमामा सम्भावित बीमितको पहिचान, उनीहरुसँग गरिने व्यवहार, बिक्री कार्यलाई सफल कार्यान्वयन गर्ने बारेमा प्रशिक्षण दिएका थिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले सफल अभिकर्ता हुन र बीमा व्यवसाय प्रवर्द्धन गर्न चाल्नु पर्ने कदम बारेमा प्रशिक्षण दिए । 

वरिष्ठ सहायक महाप्रबन्धक सपना खरेल, प्रशान्तराज धमला र प्रबन्धक सिताराम धिमालको समेत उपस्थिति रहेको कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले धन्यवाद ज्ञापन गरेका छन् । कार्यक्रमको सञ्चालन कम्पनीका बागमती क्षेत्रिय प्रमुख राम प्रसाद भुसालले गरेका थिए । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको