Like us!
Follow us!
Connect us!
Watch us!

देशैभरी “महिला सशक्तिकरणमा- महालक्ष्मी लाईफ” कार्यक्रम सम्पन्न

अर्थ संसार

आइतबार, २४ पुस २०७९, १३ : ५१ मा प्रकाशित

देशैभरी “महिला सशक्तिकरणमा- महालक्ष्मी लाईफ” कार्यक्रम सम्पन्न

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको महिला  रोजगारी र आय वृद्धिको लागि सञ्चालित कार्यक्रम “ महिला सशक्तिकरणमा- महालक्ष्मी लाईफ” गएको हप्ता पनि देशैभरी सञ्चालन भएको छ । समाजमा पिछडिएका र अवसर नपाएका महिलाहरुलाई बीमाको माध्यमले रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यले संचालित यो कार्यक्रममा व्यापक सहभागिता र आकर्षण बढ्दै गइरहेको छ । 

कम्पनीले पौष २२ गते जीतपुर-सिमरा नगरपालिकाको जीतपुरमा शुशिला लामाको अध्यक्षतामा संचालित कार्यक्रममा १४० जनाको सहभागिता रहेको थियो । प्रमुख अतिथि कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र प्रमुख बजार अधिकृत प्रशान्तराज धमलाले कार्यक्रम माथि प्रकाश पार्दै महिलालाई रोजगारीको लागि आवद्ध हुन आह्वान गरे । कुमार बहादुर कार्कीले सञ्चालन गरेको कार्यक्रममा क्षेत्रिय प्रमुख दिगम्बर प्रसाद, सुरेन्द्र कुश्वाहा र बसुन्धरा गैरेले मन्तव्य राखेका थिए । 

त्यस्तै पौष २३ गते रेनु कुमारी साहको अध्यक्षतामा हेटौडामा आयोजित कार्यक्रमका प्रमुख अतिथिको  आसनबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले महिलाको समृद्धि बीना देश विकास नहुने भएकोले महिलाहरु अगाडी बढ्नु पर्ने धारणा राखे । कार्यक्रममा बजार प्रमुख प्रशान्त राज धमलाले महिला रोजगारीका विभिन्न अवसरहरुको बारेमा जानकारी गराए । महिला सशक्तिकरणको लागि बालकुमारी बल्लाकोटी, सन्ध्या पोखरेल, सविना न्यौपाने, सविता ढुंगाना र लक्ष्मी लामिछानेले आ-आफ्नो ठाँउबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा ११० जनाको सहभागिता थियो ।

तारकेश्वर नगरपालिका नेपालटारमा पनि पौष २३ गते कार्यक्रम सम्पन्न भएको छ । महारानी थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले महिलालाई समाजमा सम्मानित अवस्थामा पुर्‍याउन यो कार्यक्रम निकै प्रभावकारी हुने विश्वास व्यक्त गरे । 

सन्तोष अधिकारीद्वारा सञ्चालित कार्यक्रममा स्वागत मन्तव्य हरिहर कार्की  र क्षेत्रिय प्रमुख राम प्रसाद भुसालले मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा ९५ जनाको सहभागिता रहेको थियो । महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ कार्यक्रमलाई देशभरी अभियानको रुपमा सञ्चालन गर्ने क्रममा उक्त कार्यक्रम जोशिपुर कैलाली, सुर्य विनायक भक्तपुर, पर्सा चितवन, गुलरिया बर्दियामा पनि व्यापक सहभागिताकाबीच सम्पन्न भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको