Like us!
Follow us!
Connect us!
Watch us!

मापसे गरेर मतदान गर्न गए भोट हाल्न पाइन्छ ?

अर्थ संसार

विहीबार, २९ बैशाख २०७९, ०९ : ४२ मा प्रकाशित

मापसे गरेर मतदान गर्न गए भोट हाल्न पाइन्छ ?

निर्वाचन आयोगले भोलि अर्थ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मादक पदार्थ सेवन (मापसे)  गरेको व्यक्ति मतदाता भएपनि मतदान केन्द्रमा प्रवेश गर्न नदिन निर्देशन दिएको छ ।

निर्वाचन आयोगले बुधबार एक विज्ञप्तीमा जारी गर्दै मापसे गर्ने व्यक्ति मतदाता भएपनि मतदान केन्द्रमा प्रवेश गर्न नदिन मतदान अधिकृतलाई निर्देशन दिएको हो ।

विज्ञप्तीमा भनिएको छ, ‘मादक पदार्थ सेवन गरेको व्यक्ति मतदाता भएतापनि मतदान अधिकृतले मतदान केन्द्रमा प्रवेश गर्न दिनु हुदैन ।’

तेस्तै मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएको मतदाता वा अन्य कुनै व्यक्तिले मतदान केन्द्रभित्र मोबाइल क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाई, लाइटरजस्ता प्रज्वलनशील एसिड पदार्थ, कुनै प्रकारको हात हतियार, नमूना मत पत्रलगायतका कागजातहरू, कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न भएको वा संकेत जनिने कुनै बस्तु लैजान नपाइने पनि आयोगले विज्ञप्तीमार्फत् जानकारी दिएको छ ।

यसका साथै महिला मतदाताको साथमा रहेको बढीमा पाँच वर्षको नाबालक एवं दृष्टिविहीन वा शारीरिक रूपले अशक्त मतदाताको सहयोगका लागि साथमा आएको एकाघरको परिवारको सदस्यलाई मात्र प्रवेश गर्न दिने व्यवस्था रहेको पनि आयोगले जानकारी गराएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको