Like us!
Follow us!
Connect us!
Watch us!

भरतपुर महानगरपालिका अपडेट : रेनु दाहाल १२१ मतले अगाडी

अर्थ संसार

आइतबार, ०१ जेठ २०७९, ११ : ३९ मा प्रकाशित

भरतपुर महानगरपालिका अपडेट : रेनु दाहाल १२१ मतले अगाडी

भरतपुर महानगरपालिका- १ को मतगणना सकिएको छ । वडा नम्बर १ को मत गनिसक्दा गठबन्धनतर्फका मेयर उम्मेदवार नेकपा माओवादीकी रेनु दाहाल १२१ मतल‍े अगाडि छिन् । उनले १२०८ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले १०८७ मत प्राप्त गरे । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको ४३० मत छ ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १३६२, राप्रपाकी हिमला गुरुङले ८७७ मत ल्याएका छन् ।

यस महानगरपालिका ३२७७ मत गणना हुँदा  नेपाली कांग्रेसका केशव महर्जन निर्वाचित भएका छन् । उनले १३९७ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका शुक्रकुमार श्रेष्ठले १३१३ मत प्राप्त गरेका छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको