Like us!
Follow us!
Connect us!
Watch us!

सामान्य कुरामा विवाद नगर्न निर्वाचन आयोगको आग्रह

अर्थ संसार

आइतबार, ०१ जेठ २०७९, १६ : ३६ मा प्रकाशित

सामान्य कुरामा विवाद नगर्न निर्वाचन आयोगको आग्रह

निर्वाचन आयोगले मतगणनाका क्रममा देखिने सामान्य त्रुटिका विषयलाई नउचाल्न आग्रह गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा स–साना विवादका कारण मतगणना प्रक्रियामा ढिलाइ भएको भनिएको छ ।


‘निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतामा तात्विक असर नपर्ने सामान्य मानवीय त्रुटिका विषयलाई अनावश्यक रुपमा उचाली विवादको विषय बनाई मतगणना कार्य रोक्ने, हुलहुज्जत गर्ने, नाराबाजी गर्ने र समग्र मतगणना कार्यलाई ढिलाइ गर्ने गरिएको प्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा उल्लेख छ ।


आयोगले जेठ ५ गतेअगावै मतगणना सम्पन्न गर्ने उद्देश्यमा यस्ता घटनाले असर पर्ने भन्दै मतगणनालाई व्यवस्थित गर्न सम्बन्धित सबैलाई आग्रह समेत गरेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको