स्थानीय तहको मतगणना सुरु भएर परिणाम आईरहदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्ता गठबन्धनमाथि गम्भीर धाधलीको आरोप लगाएको छ । चुनावको सुरुवाती चरण देखि नै बुथ कब्जा लगायतका कार्य गठबन्धनबाट भएको महासचिव शंकर पोखरेलले द्धारा जारी विज्ञप्ति उल्लेख छ ।
विज्ञप्तिमा निर्वाचन परिणामलाई सत्ता गठबन्धनको पक्षमा पार्नका लागि दोलखाको बैतेश्वर, तामाकोशी, सिन्धुपाल्चोकको मेलम्ची, सिन्धुलीको सुनकोशी, काभे्रको पाँचखाल, बाराको पचरौता, अछामको साफेबगर, पञ्चदेवल बिनायक, मंगलसेन, बझाङको छबिसपाथिभेरा, सर्लाहीको धनकौल, बलरा, रामनगर, बागमती, बरहथवा, रौतहटको करुनिया लगायत १७ भन्दा बढी ठाउँमा बुथकब्जा गर्ने कार्य भएको आरोप लगाइएको छ ।
त्यस्तै, प्रहरीलाई मतदान स्थल छाडेर भगाउने, कर्मचारीलाई समेत मुचुुल्का नगरी मतदान स्थल छाड्न निर्देशन दिने गरी गृह प्रशासनको चरम दुरुपयोग भइरहेको एमालेको जिकिर छ । साथै निर्वाचन सम्पन्न भई मतगणना स्थलमा बाकस पु¥याउन जानेक्रममा उम्मेदवार प्रतिनिधिलाई मतपेटिका राखिएको सवारी साधनमा संगै जान रोक लगाइएको आरोप छ ।
स्वच्छ निर्वाचन गर्न केही स्थानमा पुनः मतदानको माग समेत गरीएको छ । ‘केही स्थानमा मतगणना गर्दा खसेको मत भन्दा बढी मत बाकसमा फेला परेको, कतिपय स्थानमा मतदान अधिकृतले मतपत्रमा हस्ताक्षर नगर्ने, गलत स्थानमा हस्ताक्षर गर्ने कार्य भएको’ एमाले महासचिव द्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस