Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल एसबिआई बैंकको सेयर भोलीदेखि लिलामीमा

आइतबार, ०८ साउन २०७४, ११ : ४३ मा प्रकाशित

नेपाल एसबिआई बैंकको  सेयर भोलीदेखि लिलामीमा

अर्थ संसार, काठमाडौं–  नेपाल एसबिआई बैंकले हकप्रद निष्काशनको क्रममा बिक्री नभएको हकप्रद सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ ।

बैंकले साधारण समुहको चार लाख ६९ हजार ५२ कित्ता सेयर बोलकबोल मार्फत लिलाममा बिक्री गर्न लागेको हो ।

लिलामीमा आगामी साउन ९ गतेदेखि आवेदन दिन सकिने बैंकले जनाएको छ । साउन १६ गतेसम्म इच्छुकले तोकिएको ठाउँमा गोप्य प्रस्ताव पेश गर्न सक्नेछन् । लिलामीको नतिजा साउन १८ गते प्रकाशित गरिने बैंकले प्रष्ट पारेको छ ।

बैंकको सेयर खरिद गर्न चाहनेले न्युनतम एक सय रुपैंयाँ मुल्यमा कम्तीमा १०० कित्ताका लागि साउन ९ गतेदेखि १६ गतेसम्म शिलबन्दी बोलपत्रमार्फत आवेदन दिन सक्नेछन् ।नेपाल एसबिआई बैंकको शेयर बिक्री प्रबन्धकमा एनएमबी क्यापिट लिमिटेड रहेको छ ।

यो पनि पढ्नुहोस्

पैसा जम्मा गर्नुहोस्, बजारमा धमाधम आइपिओ आउँदै

हिमालयन पावरको आइपीओमा नपरेको पैसा आजदेखि फिर्ता

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको