७४ वर्षपछि नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । कुवेतको जजिरा एयरवेजले गौतमबुद्ध विमानस्थलमा पहिलो उडान अवतरण गरेको हो। जजिराको एयरबस ३२० जहाज अर्थात् न्यारोबडी जहाज अवतरण गरेको छ।
भैरहवामा पानीको फोहोराले जजिरा एयरवेजलाई स्वागत गरिएको छ। भारतले भैरहवा उडानका लागि सिधा हवाई मार्ग नदिँदाृ जजिरा एयरवेज सिमरा हुँदै भैरहवा प्रवेश गरेको छ। नेपालले यसअघि भारतसँग भैरहवा र नेपालगञ्जको हवाई प्रवेशबिन्दु दिन माग गरे पनि भारतले आलटाल गर्दै आएको छ।
जजिरा एयरवेजले काठमाडौंमा भइरहेका उडानलाई नियमित राखी भैरहवामा उडान थप गरेको प्राधिकरणले जनाएको छ। उसले भैरहवामा सोमबार, बुधबार र शुक्रबार उडान गर्ने अनुमति पाएको छ । एयरलाइन्सको भैरहवा–कुवेत भाडा हाललाई ३० हजार २१४ रुपैयाँ तोकिएको छ। भैरहवा कुवेत उडान समय साढे ५ घण्टा हुनेछ।
सन् २०१७ को डिसेम्बरभित्र निर्माण सक्ने गरी २०१५ को सुरूवातमा थालनी भएको विमानस्थलको काम विभिन्न कारणले ढिलाइ भएको थियो। विमानस्थलको लम्बाइ ३ हजार र चौडाइ ४५ मिटर चौडाइ छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस