Like us!
Follow us!
Connect us!
Watch us!

मोदीको भ्रमणले पर्यटन प्रवद्धनमा ठूलो टेवा पुग्ने अपेक्षा

अर्थ संसार

सोमबार, ०२ जेठ २०७९, १२ : ५९ मा प्रकाशित

मोदीको भ्रमणले पर्यटन प्रवद्धनमा ठूलो टेवा पुग्ने अपेक्षा

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा आज (जेठ २ गते, सोमबार) सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै लुम्बिनी आएका छन् । 

प्रतिनिधिमण्डलमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, परराष्ट्र सचिव विनयमोहन क्वात्रा, विदेश मन्त्रालयका सहसचिवद्वय अनिन्दम बाग्ची र अनुराग श्रीवास्तव, प्रधानमन्त्री कार्यालयका सहसचिव रुद्रा गौरव श्रेष्ठलगायत छन् । 

बुद्ध जयन्तीको अवसर पारेर आज लुम्बिनी भ्रमणमा आएका माेदीकाे यस भ्रमणपछि नेपालकाे पर्यटन प्रवद्धनमा मद्दत पुग्ने र पर्यटक बढ्ने अपेक्षा गरिएका छ । मोदीको भ्रमणपछि नेपालमा धार्मिक पर्यटकहरूकाे आकर्षण बढ्ने र आगमनमा उल्लेख्य वृद्धि हुने सरोकारवालाहरुकाे बुझाइ छ । 

लुम्बिनी क्षेत्रमा पर्यटन प्रवद्धन गर्न गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन पनि प्लस पाेइन्ट बनेकाे छ । बुद्ध जयन्तीकै दिन माेदीले लुम्बिनी भ्रमण गर्दा यसले ठूलाे अर्थ राख्नेछ । 

यसअघि पनि माेदीले जनकपुर भ्रमण गरेका थिए । त्यतिबेला पनि नेपालकाे पर्यटन क्षेत्रमा उनकाे भ्रमणले ठूलाे प्रभाव पारेकाे थियाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको