Like us!
Follow us!
Connect us!
Watch us!

नेपालसँग साझा समृद्धिका लागि सहकार्य गर्न तयार छौं - नरेन्द्र मोदी

अर्थ संसार

बुधबार, २० जेठ २०८३, १४ : ३७ मा प्रकाशित

नेपालसँग साझा समृद्धिका लागि सहकार्य गर्न तयार छौं - नरेन्द्र मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्य निर्माणका लागि नजिकबाट सहकार्य गर्न भारत प्रतिबद्ध रहेको बताएका छन्। भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगको भेटका क्रममा उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

मोदीले लामिछानेसँगको भेटप्रति खुशी व्यक्त गर्दै नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउन आपसी सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन्। मोदीले ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाल एक प्राथमिक साझेदार राष्ट्र भएको उल्लेख गरेका छन् ।

रविसँगको भेटपछि मोदीले फेसबुकमा लेखेका छन् ,साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्ने उहाँको इच्छालाई म हार्दिक स्वागत गर्दछु र पूर्णरूपमा समर्थन गर्दछु। दुवै देशबीच रहेको विशेष तथा बहुआयामिक सम्बन्धलाई अझ उच्च स्तरमा पुर्‍याउन नयाँ सरकारसँग सहकार्य गर्न हामी उत्सुक छौं ।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको