देशको राजनीतिको ध्यान केन्द्रित भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले फेरि अग्रता बनाएका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार रेनु दाहाल भन्दा सुवेदीको ३७ मत धेरै गनिएको छ।
पछिल्लो मत परिणाम अपडेट अनुसार सुवेदीले ४ हजार १८१ मत पाएका छन् भनेनेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ४ हजार १४४ मत पाएकि छन् । कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ७५३ मत ल्याएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस