Like us!
Follow us!
Connect us!
Watch us!

'पेनपछि प्लेजर अवश्य आउँछ, तरलताको अभाव र अर्थतन्त्रका समस्या छिट्टै समाधान हुन्छ'

अर्थ संसार टक

सोमबार, ०२ जेठ २०७९, १४ : ५२ मा प्रकाशित

आफ्ना उपलब्धीहरूलाई लाभांशमा परिवर्तन गर्ने योजना बनाइएको कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविण बस्नेत बताउँछन् । 

अर्थ संसारको साप्ताहिक कार्यक्रम अर्थ संसार टकमा कुराकानी गर्दै उनले यस वर्ष बैंकको पर्फोमेन्स राम्रै रहेको हुनाले आफ्ना सेयरधनीहरूलाई राम्रै लाभांश वितरण गर्ने अपेक्षा गरिएको बताएका हुन् । 

तरलताको अभावले समस्त बैंकिङ्ग क्षेत्रलाई नै प्रभाव पारिरहँदा त्यसको बाबजुद पनि बैंकले भने दोहोरो अंकमा लाभांश वितरण गरेको र आगामी वर्षहरूमा पनि कसरी डबल डिजीटमा लाभांश वितरण गर्न सकिन्छ भनेर आफूहरू लागि परेको उनले बताएका छन् ।

अहिलेको वर्तमान अवस्थाकाे परिस्थिति एकदमै च्यालेन्जिङ्ग रहेकाे उनकाे धारणा छ । Balance of Payment दिनानुदिन घटिरहेकाे र तरलताकाे अभाव पनि चुलिएकाे अवस्थामा सम्पूर्ण बैंक रेगुलेटरहरू, ग्राहकहरू, नियमनकारी निकाय र सरकार समेत संयमित हुनु जरूरी रहेको उनी बताउँछन् ।

कुराकानी कै क्रममा उनले Pain र Pleasure काे साइकलकाे बारेमा बाेल्दै भने, "जहिले पनि हामीले केही Pleasure पाउनका लागि Pain गर्नुपर्छ । यदि हामी याे देश समृद्ध र विकसित देख्न चाहान्छाैँ भने, सम्पूर्ण विश्वले हामीलाई इज्जत गरेको हामी हेर्न चाहान्छौँ भने अहिलेको समयमा अर्थतन्त्रमा परेको दबाबलाई थेग्नका लागि गरिने कुराहरूमा एकदमै विचार गर्नुपर्ने हुन्छ ।" अहिले व्यवसायीहरूले नाफा मात्र हेर्न नहुने र उपभाेक्ताले विलासिताका सामानमा जाेड दिन नहुने उनकाे तर्क छ । 

विश्वभरी बिक्री हुने Skills हरूकाे प्राेग्राम म्यासिभ रूपमा ल्याउनुपर्ने उनले बताएका छन् । Skillful Labor हरूलाई विदेश पठाउन सकेमा रेमिट्यान्स बढाउन सकिने उनकाे विचार थियाे । 

तरलता अभाव र बैंकिङ्ग क्षेत्र, कामना सेवाको वित्तीय अवस्था र पर्फोमेन्स, बैंकले प्रदान गरिरहेको ब्याजदर, लगानीकर्ताका लागि कामना सेवा किन, बैंक नाफामूखी कि सेवामुखी लगायतका विषयमा बैंकका सीईओ बस्नेतसँग गरिएको छलफल तलको भिडियोमा प्रस्तुत गरिएको छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको