Like us!
Follow us!
Connect us!
Watch us!

वरिष्ठ अर्थोपेडिक सर्जन डा. अभय यादव नर्भिकमा

अर्थ संसार

सोमबार, ०२ जेठ २०७९, १६ : ४५ मा प्रकाशित

वरिष्ठ अर्थोपेडिक सर्जन डा. अभय यादव नर्भिकमा

वरिष्ठ अर्थोपेडिक सर्जन डा. अभय यादवले थापाथलीस्थित नर्भिक अस्पतालमा आफ्नो विशेषज्ञ सेवा सुरु गरेका छन् । उनी यसअघि लामो समयदेखि कार्यरत बयोधा अस्पताल छाडेर नर्भिक अस्पतालमा सेवा सुरु गरेका हुन् । 

उनलाई नर्भिक अस्पतालले अर्थोपेडिक तथा स्पाइन सर्जरी डिपार्टमेन्टको प्रमुखमा नियुक्त गरेको छ । योसँगै वरिष्ठ अर्थाेपेडिक सर्जन डा. यादवको विशेषज्ञ सेवा अब नर्भिक अस्पतालमा समेत उपलब्ध हुनेछ । 

डा. यादव देशकै चर्चित अर्थोपेडिक सर्जनमध्येका एक हुन् । खेल चिकित्सा, ट्रमा, जोइन्ट रिप्लेसमेन्ट, बालरोग, मेरुदण्ड, काँध, कुहिनो, खुट्टा, हात, घूँडा लगायतमा हुने समस्या तथा तिनको सर्जरीबाट गरिने उपचार विधिमा उनको विशेष दक्षता रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको