Like us!
Follow us!
Connect us!
Watch us!

नर्भिकले भित्र्यायो दुई अनुभवी चिकित्सक

अर्थ संसार

विहीबार, ३२ साउन २०८०, १३ : १० मा प्रकाशित

नर्भिकले भित्र्यायो दुई अनुभवी चिकित्सक

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा थप दुई अनुभवी विशेषज्ञ चिकित्सकहरुले ओपिडी सेवा थालेका छन् । 

वरिष्ठ नाक, कान तथा घाँटी रोग विशेषज्ञ प्रा.डा. मीरा बिष्ट र मधुमेह विशेषज्ञ डा. किरण आचार्यले नर्भिक हस्पिटलमा ओपिडी सेवा थालेका हुन् । 

डा. बिष्ट नर्भिकमा अब हरेक साताको आइतबारदेखि शुक्रबारसम्म प्रत्येक दिन बिहान ८ बजेदेखि १०ः३० बजेसम्म ओपिडीमा उपलब्ध हुनेछिन् । 

यस्तै, डा. आचार्य प्रत्येक साताको आइतबारदेखि शुक्रबारसम्म हरेक दिन बिहान ८ः३० बजेदेखि १०ः३० बजेसम्म नर्भिक अस्पतालमा रहनेछन् । 

डा. बिष्ट प्रोफेसर पनि हुन् । उनीसँग आफ्नो क्षेत्रको निकै लामो अनुभव रहेको छ । 

यस्तै, डा. बिष्ट पछिल्लो समय रुचाइएका मधुमेह विशेषज्ञ हुन् । 

दुवै चिकित्सकको आगमनले नर्भिकको गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहको अभियानमा सहयोग पुग्ने अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको