Like us!
Follow us!
Connect us!
Watch us!

साउन १६ गतेदेखि ज्योति विकास बैंकको सेयर लिलामीमा

आइतबार, ०८ साउन २०७४, १३ : ३१ मा प्रकाशित

साउन १६ गतेदेखि ज्योति विकास बैंकको सेयर लिलामीमा

अर्थ संसार, काठमाडौं - ज्योति विकास बैंकले हकप्रद निष्काशनको क्रममा विक्री नभएको हकप्रद सेयर लिलामीमा बिक्री गर्ने भएको छ ।

बैकले ७ लाख ७० हजार संस्थापक हकप्रद सेयर लिलामीमा बिक्री गर्न लागेको हो । लगानीकर्ताले साउन १६ गतेदेखि २३ गतेसम्म लिलामी सेयरको लागि आवेदन दिन सक्नेछन् ।

बैंकले गत बैशाख २८ गतेदखि जेठ ३१ गतेसम्म संस्थापक हकप्रद सेयर बिक्री खुल्ला गरेको थियो ।

सेयरको न्युनतम मुल्य एक सय रुपैयाँ प्रति कित्ता छ । आवदेशकले न्युनतम एक सय कित्तादेखि अधिकतम ४ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । बैंकको बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको