Like us!
Follow us!
Connect us!
Watch us!

चिन्न नसकिएकाे क्षेत्र : उद्यमशीलता

अर्थ संसार

शुक्रबार, ०६ जेठ २०७९, १६ : ०३ मा प्रकाशित

चिन्न नसकिएकाे क्षेत्र : उद्यमशीलता

नेपालमा सधैं राष्ट्र निर्माण र आर्थिक समृद्धि गर्ने आधार खोजिरहेका हुन्छौँ तर 'नजिकको तीर्थ हेला' भनेझैँ राष्ट्रको आर्थिक समृद्धिको दीर्घकालिन आधार बोकेको उद्यमशीलताको सम्भावना लाई आत्मसाथ गर्न सकेका छैनन्। 

उद्यमशीलता आर्थिक समृद्धिको महत्त्वपूर्ण खम्बा हो। विश्वका विभिन्न राष्ट्रहरूलाई हेर्नेको भने दिर्घकालिन समयमा उद्यमशीलताको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेलिरहेको छ। समग्रमा हर्नेहो भने उद्यमशीलताको वस्तुको उत्पादन तथा सेवा क्षेत्रमा प्रतक्ष्य सहयोग गर्दछ जसले रोजगारी, आम्दानी र आयातलाई निरुत्साहन तथा निर्यातमा प्रवर्धन गर्दछ जसले अर्थतन्त्रका हरेक आयाममा टेवा पुर्याउछ।

संसारलाई छोएको उद्यमशीलताको तरङ्गले नेपालका नियामकलाई छुन सकेन !

अहिले संसारभरीका राष्ट्रहरू आफ्नो जीडीपी तथा जनताको जीवनस्तर उकास्न विभिन्न कदमहरू सञ्चालन गरिरहेका छन्। उत्पादनको सम्भावना रहेको नेपालमा वास्तवमा देखिएको समस्या परम्परागत रूपमा नै प्रक्रियाहरू सञ्चालन भइरहनु र इनोभेशन, इनभेन्सन र खोज तथा अनुसन्धान हुन नसक्नाले पर्याप्त सम्भावना पहिचान हुन सकिरहेको छैन। 

विश्वका राष्ट्रहरूलाई हेर्नेहो भने उद्यमशीलताको प्रवर्धनका मूल अस्त्र बनाएर राष्ट्र विकासतर्फ उन्मुख भइरहेका छन्। नेपालमा उद्यमशीलता प्रवर्धनबारे सम्भावना पहिचान हुन नसक्दा पर्याप्त आम्दानी को संभावना गुमाइरहेको छ। 

उद्यमशीलता वास्तवमा रहिरहेका समस्याहरूलाई रचनात्मक रूपमा समाधान गर्नु हो जसबाट आम्दानीको गर्न सकिन्छ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको