केही वर्ष अगाडि देखि विश्वभर उद्यमशीलता विकासको सोचमा तिब्र वृद्धि भई रहेको छ। उद्यमशीलताको उत्पत्ति आजभन्दा २०००० वर्ष अगाडि भएको मानिन्छ,सन् २००८ बाट विश्वभर उद्यमशीलताको नयाँ तरंग नै आएको छ तर यो तरंगले नेपालमा युवाहरुमा छोएको छ तर यो तरङगले नेपालमा नियामक निकायमा भने छुन सकेन।
आज विश्वभरका युवाहरुलाई के गर्न मन छ भनी प्रश्न गर्ने हो भने अधिकांशको उत्तर युनिकर्न (१ बिलियन अमेरिकी डलर बढी कम्पनीको भ्यालु हुनु) स्थापना गर्छु भन्ने अठोट पाइन्छ। छिमेकी राष्ट्र भारतलाई हेर्ने हो भने केही समय अगाडि मात्र १०० वटा कम्पनी युनिकर्न बनेका छन्।
उद्यमशीलताको सम्बन्धी बनेका कार्यक्रम प्रति युवाको चासो निकै देखिन्छ। केही समय अगाडि भरतमा शार्क ट्यांक भन्ने कार्यक्रम चलिरहँदा नेपालमा अहिलेका युवाहरुको जमातमा पहिला हुने खेलकुद र राजनीतिको गफलाई प्रतिस्थापन नै गर्दिएको थियो। नेपालमा पनि यो कार्यक्रम आउने कुराले युवाहरुमा छुट्टै उत्सहापन पनि देखिन्छ। यस्ता किसिमका कार्यक्रम आउनु आफैमा सकारात्मक प्रसंग हो तर युवा लाई उद्यमी बन्न रोक लगाउने किसिमका नीति हुँदै गर्दा युवाहरुमा चिन्ता देखिन्छ।
हालसालै स्थानीय तहको निर्बाचन हुँदै गर्दा प्रायः सबै राजनैतिक दलका घोषणापत्रमा उद्यमशीलता विकास र प्रवर्धनका विषय लेखिएका थिए। घोषणापत्रमा त पहिला प्रदेश संघको निर्वाचनमा पनि यी कुराहरू लेखिएका थिए। घोषणापत्रमा उद्यमशीलता प्रवर्धन गर्दछौं भनेर लेख्दैमा मात्रै युवामा उद्यमशीलताको विकास हुँदैन रहेछ भन्ने कुरा नेतृत्वले बुझिदिए हुनेथियो भन्ने कुरा आम युवा उद्यमी को अपेक्षा रहेको छ।
उद्यमीहरु सँग कुरा गर्दा नेपालका नीति निर्माताहरु उद्यमशीलता प्रवर्धन भन्दा पनि व्यवसायिक घराना पोस्ने नीति तयार गर्ने र नियामक निकायका व्यक्तिहरू जीडीपीमा राम्रो योगदान दिन सक्ने स्टार्ट अपलाई नजरअन्दाज गर्ने गरेको बताउँछन्।
विश्वभर हेर्ने हो भने अहिलेका ठूला ठूला कम्पनीहरु कुनै बेला कुनै सुनसान ठाउँमा थोरै पूँजी र लगानीमा संघर्ष गरिरहेका थिए जसले अहिले अर्थतन्त्रमा राम्रो योगदान दिइ रहेका छन। छिमेकी राष्ट्र भारतलाई हेर्नेहो भने केही वर्ष अगाडि उद्यमशीलताको विकास हाल भने विश्व उद्यमशीलताको केन्द्र नै बनेको छ। भारतमा उद्यमशीलताको विकास आफै भएको भने हैन, उद्यमशीलता विकासको आधार मानेको भारतले सोही अनुसारको कार्यविधि तयार गर्यो र अहिले भरतमा हरेक समस्याको समाधान युवाहरुले उद्यमशीलताको माध्यमबाट गरिरहेका छन्।
नेपालमा उद्यमशीलताको विकास र प्रवर्धन नभएको भने हैन नेपालमा पनि कयौ उद्यमहरु सञ्चालनमा आइ रहेका छन र अर्थतन्त्रमा राम्रो योगदान दि रहेका छन। केही वर्ष अगाडि सञ्चालनमा आएको खल्तीले भौतिक उपस्थितिमा गरिने कारोबारको बानी नै फरिँदिएको छ त्यस्तै टुटलले सवारी साधनको झन्झट को अन्त्य र किताब यात्राले पुस्तक पारखीलाई घर सम्मै पुस्तक पुर्याई रहेको छ।
समस्या हरेक क्षेत्रमा रहेको छ र ती समस्या आफैं प्रतिक्षामा छन उद्यमशीलता मार्फत मैले दिएको समस्या समाधान पक्का हुनेछ ।
हामी श्रृङ्खलावद्ध रूपमा नेपालमा उद्यमशीलताको अवस्था समक्ष प्रस्तुत गर्नेछौँ श्रृङ्खला “तेश्रो तरङ्ग: यो तरङ्ग उद्यमशीलताको” मार्फत।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस