अर्थ संसार, काठमाडौँ – निर्वाचन आयोगले सचिव गोपिनाथ मैनालीलाई पत्र लेख्दै गाडी फिर्ता गर्न आग्रह गरेको छ ।
सचिव मैनालीको केही समयअघि आयोगबाट प्रधानमन्त्री कार्यालयमा सरुवा भएको थियो । आयुक्तहरुलाई विलासी गाडी किन्न रोक्दा आफ्नो सरुवा भएको बताएका थिए ।
अब आयोगले सरुवा भएको लामो समयसम्म पनि गाडी र आइफोन फिर्ता नगरेको भन्दै सचिव मैनालीलाई पत्र काटेको छ ।
प्रशासन हेर्ने उपसचिव महेशराज तिम्सिनाले पठाएको पत्रमा सचिव मैनालीले बा २ झ ४४९ नम्बरको ल्याण्डक्रुजर प्राडो, ल्यापटप र आईफोन सेभेन प्लस एक महिनासम्म फिर्ता नगरेको उल्लेख छ ।
साथै पत्रमा चिठ्ठी बुझेको २४ घन्टाभित्र ल्यापटप, आइफोन लगायतका सामान फिर्ता गर्न भनेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस