अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री जियाले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेकी छन् । नेपाल भ्रमणमा रहेकी जियाको टोली प्रधानमन्त्री देउवालाई बालुवाटार पुगेर भेटेको हो ।
अमेरिकी उपमन्त्री नेतृत्वको अमेरिकी प्रतिनिधिमण्डलसँको भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा विचार आदानप्रदान भएको थियो ।
उपमन्त्री जियाको भ्रमण झन्डै एक दशकको अवधिमा नेपालमा भएको अमेरिकी अधिकारीको उच्चस्तरीय भ्रमण हो । नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गरेसँगै नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५ औं वर्षगाँठका क्रममा उनी नेपाल आएकी हुन् ।
जेठ ६ गते नेपाल आएकी जिया ८ गतेसम्म नेपालमा रहने छिन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस