Like us!
Follow us!
Connect us!
Watch us!

वडा अध्यक्ष उमेश श्रेष्ठले दिए मतदातालाई धन्यवाद, गाउँको विकासमा हातेमालो गर्न सबैमा आह्वान

अर्थ संसार

आइतबार, ०८ जेठ २०७९, १५ : ३५ मा प्रकाशित

वडा अध्यक्ष उमेश श्रेष्ठले दिए मतदातालाई धन्यवाद, गाउँको विकासमा हातेमालो गर्न सबैमा आह्वान

ज्वालामुखी गाउँपालिका वडा ३ को वडा अध्यक्षमा विजयी भएका उमेश श्रेष्ठले आफ्ना मतदातालाई धन्यवाद दिएका छन्  । श्रेष्ठ सामाजिक सञ्जालमा लेख्छन्– 'भर्खरै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा मलाई ज्वालामुखी गा पा.वडा नं ३को अध्यक्षमा मा पाँच बर्षको कार्यकालको लागि निर्वाचित गराउनु हुने वडाबासी आमाबुबा,दिदीबहिनी, दाजुभाइहरुलाई हार्दिक नमन गर्दै कृतज्ञता प्रकट गर्न चाहन्छु ।’  

निर्वाचनमा हार र जित एउटा समान्य प्रकृया हो, हाम्रो गाउँ बनाउन हामी सवै एक जुट भएर लाग्नुपर्छ, हामी पार्टी भन्दापनि माथि उठेर गाउँको विकासमा सँगै हातेमालो  गर्न श्रेष्ठले गाउँवासीलाई आग्रह गरेका छन् ।  आफूलाई गाउँवासीको पूर्ण सहयोग हुनेमा श्रेष्ठ विश्वस्त छन् ।  

वैशाख ३० गते सम्पन्न भएकाे निर्वाचनमा श्रेष्ठ १ हजार १ सय ३२ मत ल्याई विजयी भएका थिए । त्यसैगरी एमालेका उम्मेदवार रुद्रमान श्रेष्ठले १ हजार २२ मत ल्याएका थिए ।  १ सय १० भोटको अन्तरले कांग्रेसका उम्मेदवर श्रेष्ठ विजयी भएका हुन् । वडा न ३ मा जम्मा २२५४ मतपत्र गणना गर्दा ११३२ भोट ल्याउन सफल भएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको