Like us!
Follow us!
Connect us!
Watch us!

बन्द भए अर्थ मन्त्रालयका ढोका

अर्थ संसार

सोमबार, ०९ जेठ २०७९, १७ : ३५ मा प्रकाशित

बन्द भए अर्थ मन्त्रालयका ढोका

बजेट प्रयाेजनका लागि आजदेखि अर्थ मन्त्रालयको ढाेका बन्द भएकाे छ । आगामी आर्थिक वर्ष २०७९/८० काे बजेट अन्तिम चरणमा पुगीसकेकाे छ । 

बजेटसँग सम्बन्धित सबै डकुमेन्टलाई अन्तिम रुप दिन ढोकाहरु बन्द गरिएको हाे । अर्थ मन्त्रालयले बजेट निर्माणका दौरान एक साता अगाडिबाट मुख्यद्वारबाहेक अन्य ढोकाहरु बन्द गर्ने प्रावधान छ । मुख्यद्वारमा समेत सुरक्षाकर्मी राखेर मन्त्रालयका कर्मचारी र बजेट निर्माणसँग सम्बन्धित व्यक्तिहरुलाई मात्र प्रवेशको अनुमति दिइन्छ ।

सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गरेकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा गठबन्धन सरकारको तर्फबाट आर्थिक विकास, कोरोनापछिको पुनरुत्थान, ऊर्जा क्षेत्रको दीर्घकालीन विकास तथा कृषि, रोजगारीको विस्तार एवं अन्य आर्थिक सामाजिक उन्नयनका कार्यक्रम समावेश गरिएको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको