Like us!
Follow us!
Connect us!
Watch us!

धनगढीका मेयर हमालको मतदातालाई गिफ्टः वृद्धवृद्धालाई निजी अस्पतालमा निःशुल्क ओपीडी सेवा

अर्थ संसार

बुधबार, ११ जेठ २०७९, ०६ : ०७ मा प्रकाशित

धनगढीका मेयर हमालको मतदातालाई गिफ्टः वृद्धवृद्धालाई निजी अस्पतालमा निःशुल्क ओपीडी सेवा

धनगढी उपमहानगरपालिको मेयरमा स्वतन्त्र उमेद्वार गोपाल हमाल निर्वाचित भएपछि आफ्नो नगरभित्रका जेष्ठ नागरिकलाई निजी अस्पतालमा समेत निःशुल्क ओपीडी सेवा दिने व्यबस्था गरेकाछन् । 

मंगलबार नेपाल निजी अस्पताल संघ र उपमहानगरपालिका बिचमा ७० बर्षभन्दा बढि उमेरका सबै नगरबासी नागरीकहरुलाई निजी अस्पतालहरुले निशुल्क ओपिडी सेवा दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौता अनुसार जेष्ठ नागरीकले निःशुल्क ओपीडी सेवाका साथै विभिन्न स्वास्थ्य परीक्षण, बेड चार्जमा १० प्रतिशत र औषधिमा ५ प्रतिशत सहुलियत दिने निर्णय गरिएको छ ।

हमालले निवर्तमान मेयर कांग्रेसका नृपबहादुर ओडलाई झण्डै दोब्बर मत ल्याएर पराजित गरेका हुन् । अघिल्लो निर्वाचनमा हमाल ओडसँग पराजित भएका थिए ।

हमालले कुल खसेको ६३ हजार ७१५ मतमध्ये २६ हजार ८६५ मत ल्याए । निकटतम् प्रतिस्पर्धी ओडले १४ हजार ८१७ मत मात्रै पाए । तेस्रो भएका एमालेका रणबहादुर चन्दले ९ हजार ११५ मत ल्याए ।

२०७४ सालको स्थानीय तहको चुनावमा हमाल कांग्रेसका ओडसँग २७ सय मतान्तरले पराजित भएका थिए । तर यसपटकको चुनावमा कांग्रेसले माओवादी, एकीकृत समाजवादीको साथ पाउँदा पनि ओडले लज्जास्पद हार व्यहोरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको