Like us!
Follow us!
Connect us!
Watch us!

सभापोखरी हाइड्रको पिपिएमा हस्ताक्षर, आइपीओ जारी हुने

सोमबार, ०९ साउन २०७४, १७ : २२ मा प्रकाशित

सभापोखरी हाइड्रको पिपिएमा हस्ताक्षर, आइपीओ जारी हुने

अर्थ संसार, काठमाडौं– सभापोखरी हाइड्रोपावर प्रालि र नेपाल विद्युत प्राधिकरणबीच विद्युत् खरिद सम्झौतामा हस्ताक्षर भएको छ ।

कुल  पाँच मेगावाट क्षमताको सो आयोजना आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

रु एक अर्ब  लगानीमा निर्माण हुन लागेको आयोजनामा ७० प्रतिशत बैंक तथा वित्तिय संस्थाले ऋण लगानी गर्नेछन् भने बाँकी ३० प्रतिशतमा भने लगानीकर्ताको सेयर रहनेछ ।

आयोजनाले ८० प्रतिशत निर्माणको काम सकिएपछि कम्पनीले सर्वसाधारणलाई साधारण सेयर जारी गर्ने जनाएको छ ।  

खरीद सम्झौतामा आयोजनाका अध्यक्ष श्रीराम देवकोटा र प्राधिकरणका कामु उपकार्यकारी निर्देशक जगदिश्वरमान सिंहले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार बर्षामा प्रतियुनिट ४.८० र हिउँदमा  ८.४० रुपैयामा विद्युत् खरिद हुनेछ ।

यो पनि पढ्नुहोस्

ज्योति विकास बैंक १० औं बर्षमा प्रवेश 

किन्ने होइन बैंकको एफपिओ ? पूँजी बढाउन धमाधम आउँदै छ एफपिओ

बैंक खाता अत्यावधिक गर्नुहोस्, नत्र डिम्याट खाता बन्द होला

नेपाल–चीन इन्टरनेट ब्याण्डविथ भदौदेखि सुरु हुने 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको