मालिस गर्ने तेलको रुपमा प्रसिद्ध नवरत्न तेल इमामी कम्पनीको एक विशिष्ट उत्पादन हो । विभिन्न ९ आयुर्वेदिक जडिबुटीहरुको समिश्रणबाट तयार पारिने नवरत्न तेल नेपालको बजारमा एक अग्रणी स्थान ओगट्न सफल मालिस तेल हो । विशेष गरेर टाउको र शरीर दुवैको लागि मालिस गर्न उपयुक्त यो तेल महिला र पुरुष दुवै वर्गको लागि सुहाउँदो छ । यो तेलले मालिस गरेपछि गहिरो आराम, मानसिक कायाकल्प, र ठण्डा ठण्डा चिसोको अनुभव, शरीरको दुखाई कम हुने, तनाव र दवाबबाट मुक्त गराउने तथा शारीरिक एवं मानसिक आराम प्रदान गर्दछ ।
नवरत्न तेललाई अझ बढी उपभोक्ताहरुमाझ पुर्याउने लक्ष्यका साथ विगत केही वर्षदेखि सञ्चालन गरिँदै आएको नवरत्न आयल फ्रि हेड मसाज क्याम्प यो वर्ष पनि सञ्चालन गरिने भएको छ । काठमाडौं उपत्यका लगायत देशका प्रमुख शहरहरु पोखरा, नेपालगन्ज, विराटनगर, जनकपुर, वीरगञ्ज, नारायणघाट, हेटौंडा, भरतपुर, धरान लगायत अन्य शहरहरु सञ्चालन गरिने यो फ्रि मसाज क्याम्प जम्मा १५० दिनसम्म सञ्चालन हुनेछ । जुन क्याम्पबाट लाखौं ग्राहकहरुले तेल मालिसको लाभ लिन सक्नेछन् ।
क्याम्प सञ्चालनका सम्बन्धमा जानकारी दिँदै नवरत्न तेलका ब्राण्ड मैनेजर विकास तिवारीले भने “हाल नेपालमा कोरोना महामारीको अवस्था लगभग शुन्य छ । विगतमा कोरोनाकै कारण हामीले आम उपभोक्ताहरुले अत्यन्त रुचाउनु भएको यो क्याम्प संचालन गर्न असमर्थ भएका थियौं र अहिले हामी फेरि क्याम्प संचालनका लागि अग्रसर भएका छौं । क्याम्पको अवधिभर हामीले ५० जिल्लाका करिब १० लाख जनाले फ्रि हेड मसाजको फाइदा लिनु हुने अपेक्षा गरेका छौं । म सबै महानुभावहरुलाई यस क्याम्पमा सहभागी भएर मालिस को आनन्द उठाउन हुन आग्रह पनि गर्दछु ।”
आजको तनावले भरिएको जिन्दगीमा केही राहतको महसुस गर्न नवरत्न तेल उपयोगी हुनेछ । बहु उपयोगी यो तेलले कुनै प्रकारको साइड इफेक्ट नगर्ने प्रमाणित भैसकेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस