Like us!
Follow us!
Connect us!
Watch us!

सीमितको पहुँचमा बैंक कर्जा, साढे ४ प्रतिशत ग्राहकलाई मात्रै ऋण

पत्रपत्रिका

आइतबार, १५ जेठ २०७९, ०६ : १४ मा प्रकाशित

सीमितको पहुँचमा बैंक कर्जा, साढे ४ प्रतिशत ग्राहकलाई मात्रै ऋण

बैंक तथा वित्तीय संस्थामा निक्षेप र कर्जाका ग्राहकबीच ठूलो असन्तुलन पाइएको छ । बैंकमा खाता खोली कारोबार गर्ने सर्वसाधारणको संख्या उत्साहजनक रूपमा वृद्धि भए पनि ज्यादै थोरैले मात्रै कर्जामा पहुँच पाएका छन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०७८ चैतमा बैंक तथा वित्तीय संस्थामा कुल ४ करोड ३२ लाख निक्षेप खाता रहेकोमा कर्जा खाता १८ लाख ३६ हजार मात्र छ । बैंकका कुल ग्राहकमध्ये ४ दशमलव २४ प्रतिशतमात्र ऋणको पहुँचमा छन् ।

बैंकमा निक्षेप खाताको संख्या तीव्र रूपमा विस्तार भए पनि कर्जा ग्राहकको संख्या भने विस्तार हुन सकेको छैन । राष्ट्र बैंकका अनुसार पछिल्लो ५ वर्षमा बैंक तथा वित्तीय संस्थामा निक्षेप ग्राहक संख्या ९२ प्रतिशतले वृद्धि हुँदा कर्जा ग्राहक भने ४२ प्रतिशतले मात्रै वृद्धि भएको छ ।

२०७४ चैतमा बैंक तथा वित्तीय संस्थामा २ करोड २५ लाख निक्षेप खाता रहेकोमा १२ लाख ८६ हजारले कर्जा लिएका थिए । हाल निक्षेप खाताको संख्या बढेर ४ करोड नाघिसक्दा पनि कर्जा ग्राहकको संख्या भने १८ लाख हाराहारीमै सीमित छ ।

आर्थिक अभियान दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको