अर्थ संसार, काठमाडौं – सिजन मिडियाद्धारा विगत ७ वर्ष देखि आयोजना गर्दै आएको मिस एयर होस्टेस २०१७ चौथो सस्ंकरणका लागि आवेदन फारम खुल्ला गरिएको छ । विविध कारण वस केहि वर्ष स्थगित हुन गएको मिस एयर होस्टेस प्रतियोगीता फेरी पनि सिजन मिडियाले गर्न लागेको हो ।
मिस एयस होस्टेसका लागि एयर होस्टेस सम्वन्धी काठमाडौं लगायत विभिनन सहरहरुमा एयर होस्टेसको तालिम लिइ वसेका वा तालिम लिदै गरेका कक्षा १२ वा सोसरह अध्ययनरत ५फिट २ इन्च उचाई भएका युवतीहरुल यस प्रतियोगीताको लागि आवेदन फारम भर्न सक्नु हुनेछ ।
उक्त कार्यक्रमवाट प्रतियोगीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि लगायत नेतृत्वदायी क्षमताको विकास लागि सहयोग पुर्याउने र एयर होस्टेस वन्नको लागि सहयोग पु¥याउछ भन्ने हेतुले यो कार्यक्रमलाई निरन्तरता दिन लागिएको हो । कार्यक्रमको आवेदन फारम सिजन मिडिया कमलादीमा सम्पर्क गरी भर्न सक्नु हुनेछ ।
मिस एयरहोस्टेसको नाममा मिल्दा जुल्दा नाम राखि मिस एयर होस्टेस नेपाल, डिभा जस्ता विभिन्न नाममा कार्यक्रमहरु फेशवुक मार्फत आवहान भइरहेकोले उक्त टाइटल आधिकारीक नभएको पनि जानकारी गराउदछौ ।
उक्त प्रक्रियावाट छनौट भएका प्रतियोगीहरुलाई भदौ पहिलो सातावाट कमलादि स्थित सिडव्लु पाटी प्यालेसमा प्रशिक्षण दिइने छ ।
प्रशिक्षणको क्रममा व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षण ,हस्पीटालीटी सम्वन्धि जानकारी प्रदान पनि गराइने साथै स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विभिन्न विद्यामा भने कोरियोग्राफर रोजीन शाक्यले गु्रमिङ गर्नु हुनेछ । भाद्र अन्तिम साता उत्त प्रतियोगीताको अन्तिम प्रतिष्प्रधा हुनेछ ।
प्रतियोगिताका विजेताले “मिस एयरहोस्टेस २०१७” को ताज उपाधि सहित रु २५ हजार नगद पुरस्कार साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय विमान कम्पनीमा रोजगारीको अवसर प्रदान गरिने छ ।
र उच्च शिक्षामा १ लाख वरावरको छात्रावृत्ति ,साथै अन्य गिफ्टहयाम्पर पाउने छन भने फस्ट रनर अप र सेकेण्ड रनरले क्रमस रु १५ हजार र १० हजार नगद पुरस्कार साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय विमान कम्पनीमा रोजगारीको अवसर प्रदान गरिने छ साथै उच्च शिक्षामा १ लाख वरावरको छात्रावृत्ति ,साथै अन्य गिफ्टहयाम्पर पाउने छन । यस बाहेक अन्य विभिन्न १५ विधामा पनि सव टाइटल अवार्डहरु प्रदान गरिने छ ।
आयोजक सम्पर्क
प्रदीपराज वन्त
सिजन मिडिया
कमलादी काठमाडौं
९८५१०४४८३५
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस