Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकले ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धक नियुक्त

अर्थ संसार

बुधबार, १८ जेठ २०७९, ११ : १८ मा प्रकाशित

कुमारी बैंकले ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धक नियुक्त

कुमारी बैंक लिमिटेडले १० वर्षे अवधि तथा वार्षिक ११% व्याजदर भएको “केबिएल डिबेन्चर २०८९” ऋणपत्र बिक्रीका लागी सिद्धार्थ क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ ।  

बैंकले प्रतिकित्ता अंकित मूल्य एक हजार रूपैयाँ दरमा ३ अर्ब रूपैयाँ बराबरकाे ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । सो सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख बजार व्यवस्थापन नवीन मुनि बज्राचार्य र सिद्धार्थ क्यापिटलका तर्फबाट प्रमुख संचालन अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरेका छन् ।

नेपाली वित्तिय क्षेत्रमा हाल सम्मकै उच्चतम व्याजदर दिने मध्येमा सो ऋणपत्र पर्दछ । वर्तमान वित्तिय बजारमा उच्चतम प्रतिफलसहितको यस ऋणपत्रबाट खरिदकर्ताहरुले आगामी दशककै राम्रो प्रतिफल प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८१ एटिएम, ४२ शाखारहित बैंकिङ्ग ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवासुविधाहरु प्रदान गर्दै आएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको