Like us!
Follow us!
Connect us!
Watch us!

१९ वटा वाणिज्य बैंकको पिई रेसियाे २० भन्दा तल, बैंकको सेयर किन्ने बेला आएको हो ?

निशा हुमाँगाई

बुधबार, १८ जेठ २०७९, १८ : ०५ मा प्रकाशित

१९ वटा वाणिज्य बैंकको पिई रेसियाे २० भन्दा तल, बैंकको सेयर किन्ने बेला आएको हो ?

नेपालकाे दाेश्राे बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) निरन्तर ओरालो यात्रामा छ । नेप्से परिसूचक अल टाइम हाईबाट १००० अंक भन्दा तल झरिसकेको छ । ३२ सयको विन्दु नाघेको नेप्से अहिले २१ सयको विन्दुमा छ । बजारमा लगातारको गिरावटले लगानीकर्ताहरू नै वाक्क भइसकेका छन् ।

नेप्से परिसूचक लगातार घट्दा नेप्सेमा सूचिकृत अधिकांश कम्पनीहरुको सेयरमूल्य पनि निकै नै तल झरिसकेकाे छ । नेपालमा बैंककाे सेयरमा गरिने लगानीलाई सुरक्षित लगानीकाे रूपमा लिइन्छ । नेपालको सेयर बजारलाई बैंक तथा वित्तिय संस्थाहरुको बाहुल्यता रहेको सेयर बजारका रूपमा पनि चिनिन्छ । 

नेप्सेमा २६ वटा वाणिज्य बैंकहरू सूचिकृत छन् । जसमध्ये, अहिले २ वटा वाणिज्य बैंककाे काराेबार भने मर्जरका कारण राेक्का छ । नेपाल बङ्गलादेश बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडकाे काराेबार अहिले राेक्का छ । यीबाहेक दाेश्राे बजारमा काराेबार भइरहेका २४ वटा बैंकहरूकाे पिई रेसियाेकाे बारेमा आज हामी कुरा गर्दैछौँ ।

बैंकहरूकाे पीई रेसियाेकाे कुरा गर्नु भन्दा पहिला पिई रेसियाे भनेकाे के हाे त्याे बुझ्नु जरूरी छ । कम्पनीको सेयरको बजार मूल्य र प्रतिसेयर आम्दानीबीचको अनुपात प्राइस टु अर्निङ (पिई) रेसियो हो । यो अनुपात कम (१० भन्दा कम) भएका सेयर शंकास्पद हुन्छन, १० देखि २० सम्मका तुलनात्मक रुपमा सुरक्षित हुन्छन, २० भन्दा माथिका जोखिमयुक्त हुन्छन् । शंकास्पद भन्नुको अर्थ कम पिइ रेसियो हुनुमा लगानीकर्ताहरुले पहिचान नगरेकाले बजार मूल्य कम हुँदा पिई पनि कम हुन्छ भने अर्कोतिर कम्पनीले नाफा नै कम गरेकोले इपिएस कम भई पिइ पनि न्युन हुन सक्छ । त्यसैले कुन कारणले पिई कम भएको हो पत्ता लगाउनु पर्छ ।

नेप्सेकाे बुधबारकाे तथ्यांङ्क हेर्दा हाल कारबाेबार भइरहेका २४ वटा वाणिज्य बैंकहरूमध्ये १९ वटा बैंकहरूकाे पिई रेसियाे २० भन्दा कम रहेकाे छ । बुधबारकाे डाटा अनुसार हाल सबैभन्दा धेरै पिई रेसियाे भएकाे वाणिज्य बैंक नबिल बैंक लिमिटेड रहेकाे छ । बैंककाे पिई रेसियाे ३५.८९ रहेकाे छ । त्यस्तै, सबैभन्दा थाेरै पिई रेसियाे नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) बैंक रहेकाे  छ  । बैंककाे पिई रेसियाे हाल १२.३ रहेकाे छ । 

वाणिज्य बैंकहरुको अन्तिम कारोबार मूल्य, प्रतिसेयर आम्दानी र पिई रेसियोकाे सम्पूर्ण विवरण तल उल्लेख गरिएकाे छ : 

6297598e9ccfc.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको