Like us!
Follow us!
Connect us!
Watch us!

पोखराको चाउथेमा साथीमार्टको नयाँ फ्रेन्चाइज आउटलेट

अर्थ संसार

विहीबार, १९ जेठ २०७९, १४ : ४८ मा प्रकाशित

पोखराको चाउथेमा साथीमार्टको नयाँ फ्रेन्चाइज आउटलेट

नेपालकै ठूलो रिटेल चेन साथीमार्टको नयाँ आउटलेट पोखराको चाउथे- १४ मा सुरु हुने भएको छ । पेट्रोलपम्प व्यवसायमा आवद्ध किरण भट्टराईले फेन्चाइज लिएर मार्ट जेठ २१ गतेबाट सुरु गर्न लागेकी हुन् । 

पेट्रोल पम्प व्यवसाय सञ्चालन गर्दैगर्दा रिटेल व्यवसायमा रुची लागेको भट्टराई बताउँछिन् । ‘पेट्रोल पम्प चलाउँदै गर्दा साथी मार्टको बारेमा सुनेँ । यसमा रुची लाग्यो । यसबाट ग्राहकलाई एकै ठाउँमा सबै सामाग्री पाउने र वन-स्टप सलुसन दिनेछ,’ उनले भनिन् । 

यस्तै, हरेक सपिङको लागि टाढा-टाढा धाउनु पर्ने समस्याको समाधान दिँदै साथीमार्ट चाउथेमा भव्य तरिकाले उद्घाटन गर्ने र दिगो रूपमा सञ्चालन गर्ने उद्देश्य रहेको उनी बताउँछन् । 

पाँच सय पचास बर्गफिटको आउटलेटमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, गिफ्ट लगायतका सामान उपलब्ध हुनेछन् ।

साथीमार्ट ओ टु ओ मार्ट भएकाले उपभोक्ताले साथीमार्टको मोबाइल एप वा आधिकारिक वेबसाइट (www.saathimart.com)  मा आफूलाई आवश्यक सामान रोजेर अर्डर गरी घरैमा डेलिभरी मगाउन सक्नेछन्।

फ्रेन्चाइज स्टोरसँगै साथीमार्ट इनकर्पोरेट प्रालिको पुर्ण स्वामित्वमा नेपालका विभिन्न सहरमा छिट्टै ठुला आउटलेट सञ्चालनमा ल्याउने तयारी रहेको बताइएको छ ।

एउटै लगानीमा खुद्रा व्यापार (आउटलेट), ई-कमर्स, एफिलिएट मार्केटिङ, डिस्टिब्युटरसिप जस्ता सुविधा हुने भएकोले साथीमार्टको फ्रेन्चाइजमा आकर्षण बढेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको