Like us!
Follow us!
Connect us!
Watch us!

सोमबार धितोपत्र बोर्डमा कालोपट्टीसहित प्रदर्शन गदैै लगानीकर्ता

अर्थ संसार

आइतबार, २२ जेठ २०७९, ०९ : ५८ मा प्रकाशित

सोमबार धितोपत्र बोर्डमा कालोपट्टीसहित प्रदर्शन गदैै लगानीकर्ता

सेयर लगानीकर्ताहरुले सोमबार पूँजी बजारको नियामक निकाय धितोपत्रबमाा कालोपट्टीसहित प्रदर्शन गर्ने भएका छन् । सरकारले साढे तीन बर्ष अघि नै गरिसक्छु भनेका कामहरु नहुँदा पूँजी बजारमा गंभीर संकट आएको भन्दै १९ बुंदे मागसहित कोइराला असार १ गतेदेखि आमरण अनशनमा बस्ने घोषणा गरिसकेका छन् । सो अनशन अघि लगानीकर्ताहरुले शान्तिपूर्ण कार्यक्रम घोषणा गरेका हुन् ।

सोमबारको कार्यक्रममा धितोपत्र बोर्डमा आफ्ना मागहरु सहित शान्तिपुर्ण बिरोध प्रदर्शन गर्ने कार्यक्रम तय भएको एक लगानीकर्ताले बताए । बिधोपत्र बोर्डमा प्रदर्शन सहित आगपत्र दिने कार्यक्रम सोमबार बिहान १०ः३० बजेका लागि तय गरिएको उनले बताए । 

काठमाडौको भृकुटीमण्डपमा  जेठ २१ गते भएको सेयर एक सय जना भन्दा बढी लगानीकर्ताहरुको भेलाले पूँजी बजार सुधार र बिस्तारका लागि  दबाबमुलक कार्यक्रमहरु गर्ने निर्णय गरेको छ ।  लगानीकर्ताहरुले जेठ २३ गते धितोपत्र बोर्डमा कालोपट्टीसहित प्रदर्शन गर्ने, २४ गते अर्थ मन्त्रालय जाने, २५ गते  प्रधानमन्त्रीलाई भेट्ने,  २६ गते राजनीतिक पार्टीहरुसँग् छलफल गर्ने, २७ गते माईतीघर मण्डलादेखि बानेश्वरसम्म कालो ब्यानरसहित जुलुस गर्ने र ९ गतेपूँजी बजारका बिज्ञहरुसहित बृहत छलफल गर्ने कार्यक्रम सार्वजनिक गरेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको