सेयर लगानीकर्ताहरूले तिलक काेइरालाकाे नेतृत्वमा पूँजी बजार सुधारका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेश कुमार हमाललाई १९ बुँदे माग समेटिएकाे ज्ञापनपत्र बुझाएका छन् ।
सेबाेन पुगेका लगानीकर्ताहरूसँग छलफल गर्ने क्रममा बाेर्ड अध्यक्ष हमालले आफूहरू लगानीकर्ताको मागप्रति सकारात्मक रहेको बताउँदै माग पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
कुराकानीकाे क्रममा हमालले यति दिनमै माग पुरा हुन्छ भनेर मिति यकिन गर्न नसकेपनि बोर्डले लगानीकर्ताहरूको माग पुरा गर्न आवश्यक कदम चालिसकेको र केही मागहरू छिट्टै नै पुरा गर्ने बताए । बोर्डबाट पुरा गर्न नसकिने मागहरू पनि अन्य निकायसँग समन्वय गरिने उनले आश्वासन दिएका छन् ।
क्याबिनेटसँग सम्बन्धित मागहरूकाे बारेमा पनि सहकार्य गर्न बाेर्डले यसअघि नै कार्य याेजना तयार पारिसकेकाे उनले जानकारी दिएका छन् ।
सरकारले साढे तीन वर्षअघि नै गरिसक्छु भनेका कामहरु नहुँदा पूँजी बजारमा गंभीर संकट आएको भन्दै १९ बुँदे मागसहित तिलक कोइराला असार १ गतेदेखि आमरण अनशनमा बस्ने घोषणा गरिसकेका छन् । सो अनशनअघि लगानीकर्ताहरुले सेबाेनमा शान्तिपूर्ण कार्यक्रम गरेका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस