Like us!
Follow us!
Connect us!
Watch us!

झापाका सेयर लगानीकर्ताहरु पनि आन्दोलनमा

अर्थ संसार

शनिबार, २८ जेठ २०७९, २० : १० मा प्रकाशित

झापाका सेयर लगानीकर्ताहरु पनि आन्दोलनमा

राजधानीबाहिर पहिलोपटक झापाका सेयर लगानीकर्ताहरु पनि आन्दोलनमा उत्रिएका छन् । राजधानीमा भइरहेको सेयर लगानीकर्ताहरुको आन्दोलनलाई समर्थन गर्दै झापाका लगानीकर्ताहरु पनि आन्दोलनमा उत्रिएका हुन् ।

नेपाली पुँजीबजार लगानीकर्ता संघ जिल्ला समिति झापाले प्रधानमन्त्री शेर बहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई छुट्टाछुट्टै ज्ञापनपत्र पठाउँदै शेयर बजारमा पछिल्लो अवस्थामा देखिएको समस्या समाधान गर्न आग्रह गरेको छ ।

संघका जिल्ला नेतृत्वसहितको लगानीकर्ताहरुको टोलीले सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री बिश्व प्रकाश शर्मामार्फत प्रधानमन्त्री देउवालाई र नेकपा एमालेका केन्द्रिय सचिव योगेश भट्टराईमार्फत एमाले अध्यक्ष ओलीलाई ज्ञापनपत्र बुझाएको हो । केन्द्रीय स्तरमा भइरहेको लगानीकर्ता संघ संगठनहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै बिभिन्न ५ बुँदे मागहरु प्रधानमन्त्री देउवा र एमाले अध्यक्षसमक्ष राखेको छ । 

संघले राष्ट्र बैंकद्धारा शेयर कर्जामा लगाइएको ४÷१२ करोडको सिमा हटाउन, शेयर कर्जाको जोखिम भार १५० बाट १०० कायम गर्न, बैंक बित्तिय संस्थालाई शेयर कारोवारमा लगाइएको प्रतिबन्ध फुकुवा गर्न, बैंकलाई ब्रोकर लाइसेन्स र ब्रोकरलाई शाखा खोल्न अनुमति दिन र काठमाण्डौमा आन्दोलनरत पँुजीबजार लगानीकर्ता संघ संगठनका नेतृत्वसंग बार्ता र सम्बादका माध्यमबाट समस्याको समाधान गर्न माग गरेको छ । 

जिल्लाका लगानीकर्ताहरुले झापा निबासी कांग्रेस महामन्त्री शर्मालाई शनिबार मेचीनगरस्थित धुलाबारीमा भेटेर ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपनत्रमा प्रधानमन्त्री देउवालाई अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई एकै ठाउँमा राखेर शेयर बजारको समस्या तत्काल समाधान गरिदिन आग्रह गरिएको छ । शर्मालाई ज्ञापनपत्र बुझाउँदै संघका जिल्ला अध्यक्ष कृष्ण कार्कीले सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसको केन्द्रीय नेतृत्व र प्रधानमन्त्री देउवामार्पmत शेयर बजारको देखिएको समस्या समाधान गरिदिन आग्रह गरेका छन् । महामन्त्री शर्माले ज्ञापनपत्र बुझेर तत्कालै प्रधानमन्त्री देउवाका स्वकीय सचिबलाई पठाएका थिए । त्यस क्रममा महामन्त्री शर्माले स्वकीय सचिवलाई फोन गरेर ज्ञापनपत्र प्रधानमन्त्री देउवासमक्ष जानकारी गराउन आग्रह समेत गरे । त्यस क्रममा उनले काठमाण्डौ पुगेर शेयर बजारका समस्याबारे पार्टी नेतृत्व र प्रधानमन्त्रीसंग भेटेर जानकारी गराउने र समाधानका लागि पहल गर्ने आश्वसन दिएका थिए । 

संघका टोलीले त्यसअघि शुक्रबार झापा आइपुगेका एमाले सचिब योगेश भट्टराईलाई पनि भेटेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाएको छ । झापाको दमकमा शुक्रबार भएको पार्टी निकटको एक संगठनको कार्यक्रममा आएको बेला भेला भेटेर सचिव भट्टराईमार्फत ओलीलाई ज्ञापनपत्र पठाएको हो । ज्ञापनपत्रमा एमाले अध्यक्ष ओलीलाई संसदको ठुलो दलको हैसियतले संसद र संसदबाहिर शेयर लगानीकर्ताहरुको समस्या समाधानका लागि आवाज उठाइदिन आग्रह गरिएको छ । ज्ञापनपत्र बुझ्दै एमाले सचिव भट्टराईले शेयर बजारको समस्या समाधानका लागि एमाले सधै सकरात्मक भएको दावी गरे । आफु शेयर बजारका बिषयमा निति बनाउँदा बिस्तृत अध्ययन गरेरमात्र बनाउनुपर्छ भन्ने पक्षमा रहेको उल्लेख गर्दै उनले सरकार शेयर बजारको बिषयमा गम्भिर नभएको आरोप पनि लगाए । हालै अर्थमन्त्रालयले गठन गरेको समितिप्रति आलोचना गर्दै उनले समिति बनाउँदा शेयर लगानीकर्ताहरुलाई समेट्न नसकेको दावी गरे ।  

 

62a4a72d87894.jpg 62a4a72db2b62.jpg 62a4a72dc7da7.jpg 62a4a72de6986.jpg 62a4a72df2dd9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको