Like us!
Follow us!
Connect us!
Watch us!

ग्यापुमा वर्ल्डलिंकको प्याकेज खरिद गर्न पाइने

अर्थ संसार

आइतबार, २९ जेठ २०७९, १२ : ०४ मा प्रकाशित

ग्यापुमा वर्ल्डलिंकको प्याकेज खरिद गर्न पाइने

लोकप्रिय नेपाली इ–कमर्स ग्यापु मार्केट प्लेसमा अब वर्डलिंकका विभिन्न प्याकेजहरु उपलब्ध छन् । जस अन्तर्गत ग्राहकले ग्यापुको वेबसाइट वा एपमा गई सजिलै वर्डलिंकका विभिन्न प्याकेजहरु लिन सक्नेछन् ।

ग्यापु मार्केट, प्लेस प्रोडक्टको लागि मात्र नभइ सर्भिसको लागि पनि प्लाटफर्म हो भन्ने सूचना प्रयोगकर्तामा जाओस् भनेर उक्त सेवा सुरु गरिएको ग्यापुले जनाएको छ ।

ग्यापुमा सपिङ गर्न मोबाइल एप वा कम्पनीको वेबसाईट (gyapu.com) मार्फत अर्डर गर्न सकिन्छ । ग्यापुमा विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड प्रयोग गरेर भुक्तानी गर्ने सुविधा समेत उपलब्ध छ। साथै ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्ने कम्पनीले बताएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको