Like us!
Follow us!
Connect us!
Watch us!

ग्यापुले सुरु गर्‍यो हजारमा बजार

अर्थ संसार

विहीबार, २४ कार्तिक २०७९, ०८ : ०८ मा प्रकाशित

ग्यापुले सुरु गर्‍यो हजारमा बजार

नेपाली इ कमर्स कम्पनी ग्यापु मार्केटले हजारमा बजार योजना ल्याएको छ । यस योजनाअन्तर्गत एक हजार रुपैयाँसम्म सबै किसिमका सामान किन्न सकिनेछ ।

हजार रुपैयाँमा लुगादेखि इलेक्ट्रिक सामानसम्म किन्न पाइनेछ । यसमा विशेष गरेर जाडो मौसमका लागि न्यानो लुगाहरु धेरै राखिएको ग्यापु मार्केटप्लेसको डेपुटी सिइओ सुजनी केसीले जानकारी दिइन् ।

यो योजना कार्तिक २५ गतेदेखि सुरु भइ लामो समय सम्म चल्ने बताइएको छ ।

लकडाउनको समयमा सञ्चालनमा आएको ग्यापुले अहिले नेपाल भरि नै घरायसी सामाग्री, किराना, सौन्दर्य, फेसन एवं स्वास्थ्यसम्बन्धी सामाग्री डेलिभर गर्दै आइरहेको छ ।

ग्यापुमा हजारभन्दा बढी भेन्डर र चार लाखबढी प्रोडक्ट उपलब्ध छन् । स्थापनाको छोटो समयमै वेबसाइट र मोबाइल एपमार्फत् ३ हजार पाँच सयभन्दा बढी भेन्डर्स र २ लाख १५ हजारभन्दा बढी ग्राहक दर्ता भई सेवा लिइरहेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको