अनलाइन सपिङ प्लेटफर्म ग्यापुले ‘दिपावली बाहार’ अफर ल्याएको छ । जस अन्तर्गत ग्यापु प्रयोगकर्ताले हरेक सामान खरिदमा २० प्रतिशत छुटको व्यवस्था गर्नुका साथै माच्छापुछ्रे बैंकबाट रकम भुक्तानी गर्दा २२ प्रतिशतसम्म क्यास क्यास ब्याक पाउने व्यवस्था गरिएको छ ।
उक्त अफर असोज ३१ गतेदेखि कात्तिक ४ गतेसम्मका लागि रहेको ग्यापुले जनाएको छ । जस अन्तर्गत ग्राहकले माक्कुसेको कुकिज एवं स्विट्सहरूको खरिदमा २० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ ।
यस्तै, मेन्स अफिसर ब्यागको खरिदमा २० प्रतिशत, भाइटिका मसलामा १० प्रतिशत, मिठाइमा १० प्रतिशत, विभिन्न ब्रान्डका स्किन केयर सामग्रीमा २० प्रतिशत छुट रहेको छ । साथै ब्रेड ट्रिमल लगायतका सामाग्री खरिदमा २० प्रतिशत, फलफूलमा २० प्रतिशत र स्विन कुर्तामा समेत २० प्रतिशतसम्म छुट रहेको ग्यापुले जनाएको छ ।
यसबाहेक सामान खरिदका लागि हिमालय बैंकमा २० प्रतिशत, मेघा बैंकमा २० प्रतिशत, एनआइसी एसिया बैंकमा १५ प्रतिशत, फोनप, इसेवा र खल्तीमा दुई सय रुपैयाँसम्मको क्यास ब्याकको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस