Like us!
Follow us!
Connect us!
Watch us!

‘ग्यापु टिकटक हिरोज सिजन २’ को फारम खुल्ला : साढे तीन लाखसम्मको पुरस्कार

अर्थ संसार

शुक्रबार, ०४ कार्तिक २०७९, ११ : ४१ मा प्रकाशित

‘ग्यापु टिकटक हिरोज सिजन २’ को फारम खुल्ला : साढे तीन लाखसम्मको पुरस्कार

अनलाइन सपिङ प्लेटफर्म ग्यापुले ‘टिकटक हिरोज सिजन २’ को फारम खुलाएको छ ।

टिकटक प्रयोगकर्ताले सहभागी हुनका लागि कत्तिक ४ देखि १८ गतेभित्र ग्यापुको एपमा गइ निशुल्क फारम भर्न सक्नेछन् ।

सहभागी टिकटक प्रयोगकर्ताले जुनसुकै किसिमको भिडियो बनाएर आफ्नो टिकटक अकाउन्टमा पोस्ट गर्नुपर्ने हुन्छ । उत्कृष्ठ एक सय जनालाई छनौट गरि प्रतियोगितालाई अघि बढाउने व्यवस्था गरिएको ग्यापुका बिजनेस डेभलपमेन्ट हेड अभिमन्यु शर्माले बताए ।

उक्त प्रतियोगितामा विजेतालाई ३ लाख ५० हजार, प्रथमलाई २ लाख, दोस्रोलाई १ लाख र तेस्रोलाई ५० हजार रुपैयाँ पुरस्कार तोकिएको शर्मा बताउँछन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको