Like us!
Follow us!
Connect us!
Watch us!

ग्यापुको जिङ्गलमा टिकटक बनाएर ३ लाख ५० हजार रुपैयाँ जित्ने मौका

अर्थ संसार

शुक्रबार, १६ मंसिर २०७९, १३ : ५७ मा प्रकाशित

ग्यापुको जिङ्गलमा टिकटक बनाएर ३ लाख ५० हजार रुपैयाँ जित्ने मौका

अनलाइन सपिङ प्लेटफर्म ग्यापुले आफ्नो जिङ्गलमा टिकटक बनाउने टिकटक प्रयोगकर्ताहरूका लागि ३ लाख ५० हजार रुपैयाँ जित्ने मौका ल्याएको छ ।

‘टिकटक हिरोज सिजन २’ अन्तर्गत ग्यापुको जिङ्गलमा टिकटक बनाउने २ जनालाई ‘वाइल्डकार्ड एन्ट्रि’ दिइने ग्यापुका चिफ मार्केटिङ अफिसर अभिमन्यु शर्माले जानकारी दिए ।

‘वाइल्डकार्ड एन्ट्रि’ का लागि सहभागीहरूले ग्यापुको जिङ्गलमा टिकटक बनाई ग्यापुको टिकटक अकाउन्टमा ‘ट्याग’ गर्नुका साथै नियम बमोजिम ह्यासट्याग समेत प्रयोग गर्नुपर्ने हुन्छ । जसका लागि ग्यापुको अफिसियल टिकटक अकाउन्टमा नमुना भिडियो पनि राखिएको शर्मा बताउँछन् ।

ग्यापुले उक्त प्रतियोगिताको लागि कत्तिक ४ देखि २५ गतेसम्म फारम खुलाएको थियो । जसमा ५ हजारभन्दा बढीले सहभागिता जनाएका थिए । जसमध्ये ९८ जनालाई छनौट गरि प्रतियोगितालाई अघि बढाइएको शर्मा बताउँछन् । उक्त प्रतियोगितामा विजेताहरूका लागि कुल ३ लाख ५० हजार रुपैयाँ पुरस्कार तोकिएको शर्मा बताउँछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको