Like us!
Follow us!
Connect us!
Watch us!

वाम गठबन्धनको प्रयासमा दलहरु, छलफललाई तिब्रता दिँदै

पत्रपत्रिका

मंगलबार, ३१ जेठ २०७९, ०६ : १० मा प्रकाशित

वाम गठबन्धनको प्रयासमा दलहरु, छलफललाई तिब्रता दिँदै

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट तीन समूहमा विभाजित कम्युनिस्ट पार्टीलाई एक ठाउँमा ल्याउने प्रयास सुरु भएको छ । नेपालका कम्युनिस्ट पार्टी विभाजित हुँदा गैर कम्युनिस्टहरू हावी भएकाले कम्युनिस्ट पार्टीहरू एक हुनुको विकल्प नभएको निष्कर्ष नेताहरूको छ ।

नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकीकरण भएर नेकपा गठन भएको थियो । तर, नेकपा विघटन भई एमाले र माओवादी केन्द्र पुनस्र्थापित भयो । एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) गठन भएको छ ।

एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच वाम गठबन्धन वा पार्टी एकीकरण गर्ने विषयमा तीनै पार्टीका नेताबीच छलफल सुरु भएको छ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा एमाले र एकीकृत समाजवादीले राम्रो नजिता नल्याएको निष्कर्ष निकालिसकेका छन् ।

माओवादी केन्द्रले गत स्थानीय तहको निर्वाचनभन्दा पछिल्लो निर्वाचनमा पालिका बढी विजयी भए पनि लोकप्रिय मत घटेको छ । कम्युनिस्टहरू विभाजित हुँदा गैर कम्युनिस्टहरू हावी भएको निष्कर्षसहित तीनै पार्टीबीच पुनः वाम गठबन्धन वा पार्टी एकता हुनुपर्ने विषयमा नेताहरू छलफल थालेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीच भेटघाट भएको छ । अध्यक्ष ओलीलाई भेट्न माओवादी केन्द्रका नेता श्रेष्ठ आइतबार बालकोट पुगेका थिए । सो भेट’ पुष्टि गर्दै नेता श्रेष्ठले पछिल्लो राजनीतिक विषयमा छलफल भएको बताए ।

आइतबार एमाले अध्यक्ष ओलीलाई भेटेका माओवादी केन्द्रका नेता श्रेष्ठले सोमबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अनुमति लिएर श्रेष्ठले भेटघाट गरेको स्रोतको दाबी छ । राजधानी दैनिकमा खबर छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको