Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताको अधिकार खोस्दै सानिमा लाईफ : सञ्चालक समितिमा सर्वसाधारणलाई संकुचित पारिँदै

अर्थ संसार

सोमबार, ३० जेठ २०७९, १४ : ०४ मा प्रकाशित

लगानीकर्ताको अधिकार खोस्दै सानिमा लाईफ : सञ्चालक समितिमा सर्वसाधारणलाई संकुचित पारिँदै

सानिमा लाईफ इन्स्योरेन्स कम्पनीको सर्वसाधारण समूहको सञ्चालकको प्रतिनिधित्वमा चलखेल भएको पाइएको छ । 

कम्पनीले आईपीओ निष्कासन गर्दा जारी गरेको विवरणपत्रमा समूह 'ख' सर्वसाधारण सेयरधनीहरुको समूहबाट २ जना सञ्चालकहरुको प्रतिनिधित्व हुने कुरा उल्लेख गरिएको थियो । तर कम्पनीले आज सोमबार प्रकाशन गरेको वार्षिक साधारण सभाको सूचनामा सर्वसाधारण समूहका सेयरधनीहरुको तर्फबाट एकजना मात्र सेयरधनीको निर्वाचन हुने कुरा उल्लेख गरिएको छ ।

यसरी आईपीओ जारी गर्दा सञ्चालक समितिमा सर्वसाधारण समूहको २ जना सेयरधनीहरुको प्रतिनिधित्व हुने कुरा उल्लेख गरिएकोमा अहिले साधारण सभाको सूचनामा १ जना सेयरधनीहरुको प्रतिनिधित्व हुने भएपछि अहिले सर्वसाधारण समूहका लगानीकर्ताहरु आक्रोशित भएका छन् । 

प्रबन्धपत्रमा उल्लेख गरिएको कुरा कार्यान्वयन नगर्नू गैरकानूनी हुने बताउँछन् अधिवक्ता कन्चन कृष्ण न्यौपाने । ‘प्रबन्धपत्रमा उल्लेख गरिए बमोजिम नै विवरणपत्रमा कुराहरु आउने हुन् प्रबन्धपत्र भन्ने कुरा कसैलाई मनलाग्दैमा परिवर्तन गर्न सकिने होइन’ उनले भने ‘जुन समूहको प्रतिनिधित्व प्रबन्धपत्रमा उल्लेख गरिएको छ त्यो समूह सञ्चालक समितीमा आउनु पूर्व नै त्यस्तो व्यवस्था नै परिवर्तन गर्नु न्यायिक कुरा पनि त भएन ।’ 

हाल कम्पनीको सञ्चालक समितीमा ५ जना सञ्चालकहरु रहेका छन् । ४ जना सञ्चालकले संस्थापक समूहको प्रतिनिधित्व गरेका छन् भने १ जना स्वतन्त्र सञ्चालकका रुपमा नियुक्त भएका हुन् । 

सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २०७८ साउन २० गते, बुधबारदेखि साउन २४ गते आईतबारसम्म प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको थियो । मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । ग्रोलाप्रथाबाट वितरण गर्दा ५ लाख ४० हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका थिए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको