Like us!
Follow us!
Connect us!
Watch us!

रिटेल चेनमा इतिहास रच्दै साथीमार्ट : कोटेश्वरको नरेफाटमा १०३ औं आउटलेट

अर्थ संसार

मंगलबार, ३१ जेठ २०७९, १३ : ०८ मा प्रकाशित

रिटेल चेनमा इतिहास रच्दै साथीमार्ट : कोटेश्वरको नरेफाटमा १०३ औं आउटलेट

नेपालकै ठूलो रिटेल चेन तथा ओटुओ (अफलाइन टु अनलाइन) साथीमार्टको नयाँ आउटलेट नरेफाट, कोटेश्वर–३२ मा सञ्चालनमा आएको छ । उक्त आउटलेट साथीमार्टको १०३ औँ आउटलेट हो ।

विगतमा बैंकिङ क्षेत्रमा आवद्ध रहेकी रितु शाक्य र चान्सर प्रिन्टरकी सञ्चालक लक्ष्मी बाडे श्रेष्ठले फेन्चाइज लिएर मार्ट सुरु गर्न लागेका हुन् । फ्रेन्चाइज घनी रितु शाक्यका अभिभावक सिद्धिरत्न शाक्य, धर्मराज देउजा र मना देउजाले मार्टको उद्घाटन गरेका छन् ।

‘धेरै लामो समयदेखि बैंकिङ क्षेत्रमा आवद्ध भइसक्दा आफु स्वयं पनि एक सफल उद्यमी बन्न चाहेको र नेपालको यस रिटेल सेक्टरमा नयाँ सुरुवात गरि लोकल लेभलमा ग्राहकहरूलाई सुविधा उपलब्ध गराउने योजना छ,’ रितु शाक्यले भनिन् । 

‘मार्टको सुरुवाती दिनदेखि नै निशुल्क होम डेलिभरी दिने योजना रहेको छ । साथै नरेफाट नगरबासीहरूलाई स्मार्ट सपिङको अनुभव दिने हिसाबले साथीमार्टको ब्रान्डसँग जोडिएको हुँ,’ लक्ष्मी बाडे श्रेष्ठले भनिन् । 

६ सय पचास वर्गफिटको आउटलेटमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, गिफ्ट लगायतका सामान उपलब्ध हुनेछन् ।

साथीमार्ट ओ टु ओ मार्ट भएकाले उपभोक्ताले साथीमार्टको मोबाइल एप वा आधिकारिक वेबसाइट (www.saathimart.com)  मा आफूलाई आवश्यक सामान रोजेर अर्डर गरी घरैमा डेलिभरी मगाउन सक्नेछन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको