अर्थ संसार
न्युयोर्क–सपनाको मुलुक हो अमेरिका । यहाँ हामी (विनिता तामाङ र म श्रृजना काफ्ले) आफ्नो भविष्य आजमाउन केही महिनाअघि आएका थियौं ।
केही कमाएर परिवारलगायत आफ्नो भविश्य सुन्दर बनाउने सपना बोकेर हामी यहाँ आएका हौं । सपना देख्नु र विपनामा हुनु दुई फरक कुरा हुन् । हाम्रो कथा आआफ्नै छ । दिनभरि काम गर्छौं । बेलुका भएपछि आफ्नो परिवारको नियास्रोले आँखा नसराएका कुनै दिन हुदैनन् ।
तिहार चेलीबेटीको ठूलो चाड । यस चाडलाई हामीले एकअर्कालाई टिका लगाइ दिएर मनायौं । हामीले सबै सामग्री तयार गर्यौं । यो विरानो मुलुकमा हाम्रो भन्ने अरु कोही थिएनन् । त्यसैले दुवै जना भेला भयौं । दुवैले पालैसँग एकले अर्कोलाई टिका लगाइ दियौं । दुवैले रमाइलो गरेर खुशी साटासाट गर्यौं ।
यस पालीको तिहार यसैगरी वित्यो । अर्को साल परिवारका सदस्य सबै सँगै भएर टिका लगाउने अबसर जुरोस् भनेर कामना गर्यौं । हेरौं भाग्यले कति साथ दिन्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस