Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताहरूका लागि सेबोनको ढोका बन्द !

अर्थ संसार

बुधबार, ०१ असार २०७९, १३ : ३३ मा प्रकाशित

लगानीकर्ताहरूका लागि सेबोनको ढोका बन्द !

सेयर लगानीकर्ताहरूको अभिभावकको रूपमा खडा भएको नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनको ढोका लगानीकर्ताहरूका लागि नै बन्द भएको छ । 

पूर्वनिर्धारित कार्यक्रम अनुसार पूँजी बजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालाको नेतृत्वमा सेयर लगानीकर्ताहरूको टोली बिहान ११ बजे सातदोबाटोस्थित सेबोनको कार्यालय अगाडि पुगे । ११ बजेदेखि आमरण अनसन सुरू गर्ने भनी तयारीका साथ पुगेका उनीहरूलाई सेबोनको ढोका खुलेन । 

एक घण्टासम्म ढाेका खुल्ने प्रतिक्षामा बाहिरै कुरेर बसेका लगानीकर्ताहरूले अन्तत: ११ बजेर ५१ मिनेटदेखि सडकबाटै तिलक कोइरालाको आमरण अनसन सुरू भयो । 

सडकमै तिलक कोइरालाको आमरण अनसन सुरू : भन्छन्, 'बरू मर्छु तर पछि हट्दिँन'

त्यहाँ उपस्थित लगानीकर्ताहरूले सेबाेनकाे यस्ताे बेवास्ता र गैरजिम्मेवारीपन प्रति विरोध जनाइरहेका थिए । एक लगानीकर्ताले भने, "हामी लगानीकर्ताहरूकै कारण कर्मचारीहरूको रोजी रोटी चलेको छ । उनीहरू एसीमा भित्र कोठामा मस्तसँग बसेका छन् । अनि आफ्नो हक अधिकार खोज्दै आएर लगानीकर्तालाई सडकमै राख्ने । अभिभावकले गर्ने दायित्व यही नै हो र ? बर्खायाममा पानी पर्ने समयमा अस्वस्थ तिलक जी यसरी सडकमै अनसन बस्नु परेको छ । सेबोनले लगानीकर्ताहरूप्रति गर्ने व्यवहार यही हो र ?" उनले अभिव्यक्ति दिइरहँदा सेबाेनप्रति उनकाे आक्रोश प्रष्टै झल्किएको थियो । 

 पूँजी बजार विकास विस्तारका विभिन्न १९ बुँदे मागहरुसहित पूँजी बजार सुधार संघर्ष समितीका संयोजक तिलक कोईरालाले आजदेखि आमरण अनसन सुरू गरेका हुन् । अनसनका लागि लगानीकर्ता सम्बद्ध सबै संगठनहरुले ऐक्यवद्धता जनाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको