Like us!
Follow us!
Connect us!
Watch us!

सयपत्री हाइड्रोपावरको आईपिओमा आजदेखि आवेदन दिन सकिने

अर्थ संसार

विहीबार, ०२ असार २०७९, ०५ : ३२ मा प्रकाशित

सयपत्री हाइड्रोपावरको आईपिओमा आजदेखि आवेदन दिन सकिने

सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले आज असार २ गतेदेखि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुकालागि साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।

कम्पनीको प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ दरका ३ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र बाग्लुङ जिल्ला ताराखोला गाँउपालिका र गल्कोट नगरपालिका जिल्लाका स्थानिय बासिन्दाहरुको लागि निष्कासन गर्न लागेको हो । साथै आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुको लागि छुट्याइएको सेयर सम्पूर्ण विक्री नभएमा विक्री नभए बराबरको सेयर समेत समायोजन गरी सर्वसाधारण (सामुहिक लगानी कोष तथा कर्मचारीमा समेत) मा निष्काशन गरिने छ । 

आईपीओमा स्थानियले न्यूनतम १० कित्तादेखि अधिकतममा ३० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आईपीओमा छिटोमा असार १६ गते र ढिलोमा असार ३१ गतेसम्म आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ । 

लगानीकर्ताहरुले यस आईपीओमा प्रभु बैंक लिमिटेड शाखा कार्यालय, ताराखोला, ग्लोबल आइएमई बैंक लिमिटेड शाखा कार्यालय, गल्कोट, कामना सेवा विकास बैंक, गल्कोट, एनआईबिएल एस क्यापिटल लाजिम्पाट र प्रभु बैंक लिमिटेड शाखा कार्यालय, गल्कोटबाट आवेदन दिन सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको