Like us!
Follow us!
Connect us!
Watch us!

२ इन्स्योरेन्स कम्पनीको विशेष साधारणसभा आज, के-के छन् प्रस्ताव ?

अर्थ संसार

विहीबार, ०२ असार २०७९, ०५ : ३९ मा प्रकाशित

२ इन्स्योरेन्स कम्पनीको विशेष साधारणसभा आज, के-के छन् प्रस्ताव ?

आज विहिबार हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीको विशेष साधारणसभा हुँदैछ । दुबै कम्पनीको विशेष साधारण सभाले दुई कम्पनीका बिचमा हुने मर्जरको सम्झौतालाई अनुमोदन गर्नेछ । 

हिमालयन जनरल इन्स्योरेन्सको विशेष साधारणसभा आज हुँदै छ । इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको आईतबार बसेको बैठकले विशेष साधारणसभा आज असार २ गते काठमाण्डौको एयरपोर्टस्थित होटेल एयरपोर्टमा बिहान ११ बजेबाट डाकेको हो। 

विशेष सभाले हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीच मर्जर सम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछ । साथै मिति २०७९ वैसाख २३ गते मर्जर प्रकिया सुरु भए देखिनै यस कम्पनीको शेयर कारोवार रोक्का रहेकाले मिति २०७९ जेष्ठ २५ गतेसम्म शेयरधनी लगत कितावमा नाम रहेका सवै शेयरधनीहरुले विशेष साधारण सभामा उपस्थिति हुन सक्नेछन् । 

एभरेष्ट इन्स्योरेन्सको विशेष साधारणसभा आज हुँदैछ । इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बैठकले विशेष साधारणसभा आज असार २ गते काठमाण्डौको अग्रवाल भवन कमलपोखरी काठमांडौमा बिहान ११ बजेबाट डाकेको हो। 

विशेष सभाले एभरेष्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्स बीच मर्जर सम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछ । साथै मिति २०७९ वैसाख २३ गते मर्जर प्रकिया सुरु भए देखिनै यस कम्पनीको शेयर कारोवार रोक्का रहेकाले मिति २०७९ जेष्ठ २५ गतेसम्म शेयरधनी लगत कितावमा नाम रहेका सवै शेयरधनीहरुले विशेष साधारण सभामा उपस्थिति हुन सक्नेछन् । 

मर्जर पछि कति पुग्नेछ पुँजी ? 

अहिले हिमालयन जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १७ करोड ३५ लाख रुपैयाँ छ  भने एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २५ करोड ४६ लाख रुपैयाँ छ ।

१ः१ को अनुपातमा गभिए अब बन्ने कम्पनीको चुक्ता पुँजी २ अर्ब ४२ करोड ८१ लाख रुपैयाँ पुग्नेछ ।

हालै मात्र बिमा समितिले निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी २ अर्ब ५० करोड र जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी ५ अर्ब पुर्याउन निर्देशन दिएको थियो । सोहि कारण नै यी दुई कम्पनी मर्जरमा जान तयार भएको देखिन्छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको