Like us!
Follow us!
Connect us!
Watch us!

यूनाइटेड अजोड इन्स्योरेन्सले डाक्यो विशेष साधारणसभा, हकप्रद प्रस्ताव पारित हुने

अर्थ संसार

मंगलबार, १५ जेठ २०८१, ०८ : २७ मा प्रकाशित

यूनाइटेड अजोड इन्स्योरेन्सले डाक्यो विशेष साधारणसभा, हकप्रद प्रस्ताव पारित हुने

यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले विशेष साधारणसभा बोलाएको छ ।

कम्पनीको जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले जेठ ३१ गते काठमाडौंको टंगालस्थित अम्रपाली ब्याङ्क्वेटमा विशेष साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो । कम्पनीले विशेष साधारणसभामा हाल कायम चुक्ता पूँजी दुई अर्ब १० करोडको १५ प्रतिशत अर्थात प्रति १०० कित्ता १५ कित्ताका दरले हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गर्ने जनाइएको छ ।

हकप्रद जारीपश्चात् कम्पनीको चुक्ता पूँजी दुई अर्ब ४१ करोड ५० लाख रुपैयाँ पुग्नेछ । बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीलाई न्यूनतम चुक्ता पुँजी दुई अर्ब ५० करोड रुपैयाँ निर्धारण गरिदिएको छ । विशेष साधारणसभा प्रयोजनार्थ कम्पनीले जेठ २५ गते एकदिन कम्पनीले बुक क्लोज गर्ने जनाएको छ । अर्थात वैशाख २४ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको